बर्दिया : बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका–१२ कालीनगर बस्ने २८ वर्षीय मदन थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थारूले सोमबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।