होम क्वारेन्टिनमा बसेका गुल्मीमा एकको मृत्यु

५ असार २०७७, शुक्रबार १३:२४
 

सदरलाइनडटकम,
गुल्मी : भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका गुल्मीका एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट गाउँपालिका वडा नं. ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका थिए । प्यारालाइसिसबाट पीडित उनी भारतमा उपचार गरेर फर्किएका थिए । भारतबाट आएपछि उनी होम क्वारेन्टिनमा बसेका थिए ।
बिहीवार उनको आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताए । उनको स्वाब परीक्षण गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीमा पीसीआर परीक्षणका लागि ९ सय ७६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५ सय ४८ जनाको रिपोर्ट आउन बाँकी छ ।

Next Post

कोरोना संक्रमितको संख्या आठ हजार नाघ्यो

५ असार २०७७, शुक्रबार १३:२४
सदरलाइनडटकम, नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४ सय २६ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये ३ सय ३८ जना […]