भि–वोनका कुर्ची अब अम्बेफर्निसिङ्ग नेपालगञ्जमा

सदरलाइन संवाददाता २६ कार्तिक २०७८, शुक्रबार १७:५१
 


नेपालगञ्ज : नेपालगञ्जमा लामो समयदेखि फर्निचरको क्षेत्रमा बर्चश्व कायम गर्दै आएको अम्बे फर्निसिङ्गले अन्तराष्ट्रियस्तरको भि–वान अर्गानोमिक्स कुर्सी विक्रि वितरण सुरु गरेको छ ।

भि–वोन कम्पनीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भि–वोनका कन्ट्री प्रवन्धक प्रविण श्रीबास्तवले भारतको पुणेमा निर्माण भएको अन्तराष्ट्रिय स्तरको अर्गानो मिक्स कुर्ची खास गरी लामो समयसम्म बसेर काम गर्ने कामकाजीका लागि उपयुक्त हुने दाबी गरे ।

उनले भने–‘ यो लामो समय एकै स्थानमा बसेर काम गर्नेका लागि अत्यन्तै उपयोगी हुने गरी डिजाईन गरी निर्माण गरिएको छ । यसको प्रयोगले ढाड दुख्ने समस्या निराकरण हुने विश्वास छ ।’ उनले नेपालमा ३२ वटा डिलरबाट यसको विक्रिवितरण सुरु भएको जानकारी दिए ।


उनले नेपालमा १७–१८ मोडल विक्रिको लागि उपलब्ध रहेको जानकारी दिदै मुल्य ७ हजार ८ सय देखि १ लाख २९ हजारसम्मको कुर्ची विक्रिका लागि उपलब्ध रहेको र टुटफुट भएमा यो दुई वर्षसम्म रिप्लेसमन्ट वारेन्टी रहेको उनले बताए ।

अम्बे फर्निसिङ्गका सञ्चालक पंकज श्रेष्ठले भि–वोन ब्राण्डका कुर्ची ग्राहको माग अनुसारको सामान भएकोले यसको माग बढ्ने बताए । उनले भि–वोन ब्राण्डको विश्वासनियताको कारण पश्चिम नेपालका लागि डिलर लिएको दाबी गरे ।

अम्बे फर्निसिङ्गका प्राबिधिक ईञ्जिनियर विवेक लामिछानेले स्वास्थ्यका हिसावले अन्य ब्राण्डका कुर्ची भन्दा भि–वोन ब्राण्डको कुर्ची आरमदायी र लुक्सका कारणले पनि यसले बजारमा सजिलै स्थान पाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अभिलाषाको जोडी पहिलो

२६ कार्तिक २०७८, शुक्रबार १७:५१
काठमाडौं  : नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी तेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् । पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र तेलरको जोडीले रोमानियाकी डारिया स्टेफानिया र नेपालकी सर्वानी श्रेष्ठको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित […]

सम्बन्धित