अविरल वर्षाका कारण ‘योगिनी कप’ प्रभावित

१ आश्विन २०७६, बुधबार १८:१५
 

सदरलइनडटकम,
नेपालगञ्ज :  नेपाल आइस योगिनी कप फुटबल प्रतियोगिता बुधबार आएको अविरल वर्षाका कारण प्रभावित भएको छ । असोज ३ गते संचालन गर्ने तयारी भैरहेको प्रतियोगिता एक साता पछि हुने आयोजक सहयोग आवाज (हिभ) नेपालले जनाएको छ ।
बुधबार आएको अविरल वर्षाका कारण खजुरा गाउँपालिका केहि गाउँहरु डुबानमा परेको र प्रतियोगिता हुने खेल मैदान वर्षाका कारण बिग्रिएको कारण प्रतियोगिताको मिति सार्नु परेको प्रतियोगिता संयोजक तरिन्द्र बहादुर थापाले जानकारी दिए ।
नेपाल आइस योगिनी कप असोज ३ गते सविधान दिवसको अवसर पारेर असोज ७ गतेसम्म आयोजना गर्ने आयोजकले तयारी गरि रहेको अवस्थामा वर्षाका कारण असोज ३ गतेदेखि खेल संचालन गर्न सक्ने अवस्था नभएपछि प्रतियोगिता आयोजक सहयोगी आवाज(हिभ) नेपालका सदस्य गणेश राईले असोज ११ गतेदेखि असोज १७ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरिएको जानकारी दिए ।
नेपाल आइस वियरले मुख्य प्रायोजन गरेको योगिनी कप फुटबल खजुरा क्षेत्रको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो । खजुरा क्षेत्रमा फुुटबल खेलको लोकप्रियता बढाउन र फुटबलमा नँया प्रतिभा उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता गर्न लागेको संयोजक थापाले बताए ।
उनले भने–‘विगतको इतिहास हेर्ने हो भने खजुरा क्षेत्र फुटबलमा सक्रिय थियो । यहाँ थुप्रै खेलाडीले राष्ट्रिय स्तरमा आफनो प्रतिभा मार्फत बाँकेलाई चिनाएका थिए । पछिल्ला समय नयाँ पुस्ताले भने त्यो सफलता पाउन सकेको छैनन । खेलमात्र होइन युवाहरु पछिल्लो समय लागुपदार्थ दुव्र्यसनमा फसेर आफनो अमुल्य समय बर्बात पारिरहेका छन । यस्ता समस्याबाट समाज पिडित भैरहेको बेला हामीले योगिनी कप फुटबल प्रतियोगिताको सुरुआत गर्दैछौं ।’
उनले बाँकेको गौघाटमा अहिलेसम्म स्तरीय फुटबल प्रतियोगिता भएको छैन । राम्रो खेलाडी उत्पादन गर्ने क्षेत्र भएर पनि फुटबलमा खजुरा पछि परेको छ । फुटबल स्थानीय पर्यटन प्रवद्र्धन र खेलको विकासमा महत्वपुर्ण साबित भैसकेको छ । तर नियमित रुपमा प्रतियोगिता हुदैनन । त्यसको अभावलाई कम गर्न योगिनी कप फुटबल प्रतियोगिता गर्न लागेको बताए ।
बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा गर्न लागिएको यस प्रतियोगितामा बाँके र बर्दियाका गरी ८ वटा फुटबल क्लबलाई सहभागी गराइनेछ । प्रतियोगितामा प्रथम हुने क्लबले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो टिमलाई १५ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत रुपमा उत्कृष्ट गोलकिपर, फरवार्ड, मिडफिल्डर, डिफेन्स र प्रशिक्षकलाई समेत पुरस्कार प्रदान गरिनेछ ।
आयोजक हिभ नेपालका सदस्य राईले प्रतियोगितालाई भब्य रुपमा सफल बनाउनका लागि विभिन्न उपसमिति निर्माण गरेर काम गरिरहेको जानकारी दिए ।
मंगलबार खजुरा २ गौघाट स्थित योगिनी उच्च माविमा भएको बैठकबाट सांस्कृति उपसमितिको संयोजकमा योगिनी मावि विद्यालय व्यवस्थापन समिति टोलीलाई जिम्मेवारी दिने निर्णय गरिएको राईले बताए ।
यसैगरी स्वागत उपसमितिमा राजकिशोर महतारा, मैदान व्यवस्थापन उपसमिति संयोजकमा नरेन्द्र भारती, स्टेज निर्माण उपसमितिमा लोकेन्द्र थापा, स्वयसेवक परिचालन उपसमितिमा कर्णबहादुर महतारा र प्रचार प्रसार उपसमितिको संयोजकमा याम बहादुर थापालाई संयोजकको रुपमा छनोट गरिएको छ ।

Next Post

एसपिएस मेजर्स सम्बन्धित सरोकारवाला बीच नेपालगञ्जमा छलफल

१ आश्विन २०७६, बुधबार १८:१५
सदरलाइनडटकम, नेपालगञ्ज  : मानव, जनावर, विरुवाको स्वाच्छता र स्वास्थ्यका विषयमा बस्तु व्यापार गर्दा अपनाइने सेनेटरी एण्ड फाईटो सेनेटरी मेजर्स (एसपिएस मेजर्स) सम्बन्धित सरोकारवाला बीच अन्तरक्रिया तथा छलफल कार्यक्रम नेपालगन्जमा सम्पन्न गरिएको छ । खाद्य आयात नियार्यात तथा गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगन्जको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा आयात निर्यात गर्दा मानव जनावर, […]