निर्धनका ग्राहक सदस्यका लागि वित्तीय साक्षरता तालिम

२४ पुष २०७५, मंगलवार ०९:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय परस्पुर बाँकेले संस्थाका ग्राहक सदस्यहरुको लागि वित्तिय साक्षरता तालिम सम्पन्न गरेको छ ।
खजुरा गाउंँपालिकाको वडानं.२ रिमझिम चोकमा अयोजना गरिएको ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिममा ७८ जनाग्राहक सदस्यहरुको सहभागिता रहेको परस्पुर शाखा कार्यालयका प्रमुख टोपबहादुर रास्कोटीले जानकारी दिए ।
तालिममा ग्राहक सदस्यहरुले वित्तीय साक्षरता बार जानकारी वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यानदिनु पर्ने कुराहरु, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, संस्थाले प्रदान गरी रहेका सेवाहरु, वर्तमान अवस्थामा देखिएका चुनौतीहरु, विसंगतीहरु, आदि बारेमा जानकारी गराईएको थियो ।
संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानी गर्नुका साथै सीप मूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतना मूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ ।
कार्यक्रममा एलगाउं समुहकी अध्यक्ष अमृता रोका मगरको सभापतित्व तथा खजुरा गाउंँपालिका–२, का वडा अध्यक्ष देविलाल शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तालिममा कार्यक्रम अधिकृत प्रेमप्रसाद सुवेदी, टोपबहादुर रास्कोटी र सुनिता थापाले सहजिकरण गरेका थिए ।

Next Post

‘खजुरा’ सम्मेलन फागुनको पहिलो साता

२४ पुष २०७५, मंगलवार ०९:१०
सदरलाइनडटकम,  खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले आगामी फागुनको पहिलो साता ‘विकास र समृद्धिका लागि खजुरा सम्मेलन’ गर्ने भएको छ । सम्मेलन तयारी समितिका संयोजक भक्तबहादुर केसीको अध्यक्षतामा आज (मंगलवार) बसेको बैठकले २ दिने सम्मेलन फागुन पहिलो सात गर्ने निर्णय गरेको हो । सम्मेलनमा शिक्षा, स्वास्थ्य, कृषि र पशु, आर्थिक […]