बाढी पहिरोका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव

सदरलाइन संवाददाता ११ कार्तिक २०७८, बिहीबार १९:४२
 

नेपालगञ्ज : बाढी पहिरोका कारण ठाउँ ठाउँमा सडक बन्द हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव हुन थालेको छ । औषधिको अभाव हुँदा अतिआवश्यक उपचार सेवासमेत प्रभावित हुन थालेको छ ।

एक हप्ता अगाडिको बाढीपहिरोले राजमार्ग तथा ठाउँठाउँका सडक बन्द हुँदा बझाङ, बाजुरा, बैतडी र अछाम लगायत जिल्लामा औषधिको अभाव हुन थालेको हो ।

सडक बन्द हुँदा एक हप्तासम्म निकै सास्ती भोगेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए ।


उनका अनुसार अनुसार गएको १ गतेदेखि ६ गतेसम्म ढुवानी ठप्प हुँदा सुदूरपश्चिमका प्रायजसो सबै ग्रामीण क्षेत्रमा औषधिको अभाव भएको थियो । तर, अहिले केही ठाउँमा सडक खुल्न थालेकाले खुलेका ठाउँमा ढुवानी गर्न थालिएको छ ।

बन्द भएका केही सडक खुले पनि अझै धेरै सडक ठप्प छन् । यसले गर्दा ग्रामीण क्षेत्रमा अझै औषधिको अभाव हुने देखिएको छ ।

अहिलेसम्म जसोतसो काम चलाइरहेको भए पनि तत्काल ढुवानी नभएमा अवस्था गाह्रो हुन सक्ने जिल्ला अस्पताल बझाङका सूचना अधिकारी गंगाप्रसाद जोशीले जानकारी दिए । सडक बन्द हुँदा इन्धन आपूर्ति समेत रोकिएको बताउदै उनले यसले गर्दा भिडियो एक्सरे, अक्सिजन प्लान्ट र कोरोनाको पीसीआर परीक्षण पनि बन्द भएको बताए । यस्तै यातायात बन्द भएका कारण रेफर गर्नुपर्ने बिरामी बढी समस्यामा परेका छन् ।

सडक बन्द हुँदा एक ठाउँबाट उपचारका लागि उनीहरु अर्को ठाउँमा जान पाएका छैनन् । यस्तै, जिल्ला अस्पताल डोटीका डाक्टर प्रकाश ठकुल्लाले सडक बन्द भएपछि केही दिनयता औषधिको अभाव भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा बाल क्लव संजाल गठन

११ कार्तिक २०७८, बिहीबार १९:४२
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा पालिका स्तरीय बालक्लव संजाल गठन भएको छ । विहीबार खजुरामा आयोजित एक भेलाले रहिमत जहाँ खाँको अध्यक्षतामा २५ सदस्यीय बालक्लव संजाल गठन गरिएको हो । संजालको उपाध्यक्षमा अञ्जना धिताल, सचिवमा पुस्पा विक, कोषाध्यक्षमा सुस्मिता थापा क्षेत्री र सहसचिवमा अर्जुन धिताल चयन भएको खजुरा गाउँपालिका […]

सम्बन्धित