अव भोटिङ्ग गर्न मात्र २ दिन बाँकी

१५ पुष २०७३, शुक्रबार ०३:४९
 

सदरलाइनडटकम   


१५ पुस, नेपालगन्ज  :  ईन्टीग्रेटीआईडल नेपाल–२०७३ को टप फाईभमा पर्न सफल भएकी बिन्दु कुँवर ईन्टीग्रेटीआईडल नेपाल–२०७३ बनाउनको लागि भोटिङ्ग गर्ने दिन अव मात्र २ दिन रहेको छ । उनलाई सो उपाधि जिताउनको लागि विभिन्न अभियान सञ्चालनमा ल्याईएको छ । महिला तथा बालबालिका कार्यालय बाँकेमा विगत १३ वर्षदेखि महिला विकास निरिक्षकको रुपमा कर्यरत रहेकी बिन्दु ईन्टीग्रेटीआईडल नेपाल–२०७३ को भोटिङ्गमा केही मतले दोस्रो स्थानमा छन ।
उनलाई आफ्नो मोबाईलबाट म्यासेज गरी वा ईन्टीग्रेटीआईडलको वेभ साईटबाट भोटिङ्ग गर्न सकिने भएकोले उनलाई ईन्टीग्रेटीआईडल बनाउन एक भोट गरि सहयोग गर्नको लागि अपिल गरिएको छ ।
बिन्दुलाई ईन्टीग्रेटीआईडल नेपाल–२०७३ बनाउनको लागि आफ्नो मोबाईल सेटको म्यासेज बक्समा गएर IIN स्पेस 02 थिचेर 34001 मा पठाउन सकिने छ । वा अनलाईनमा www.integrityidol.org  पुगेर भोटिङ्ग गर्न सकिन्छ । २०७३/९/७ गते 22 nd December 2016 साँझ ६ बजे देखि मिति २०७३/९/१६ 31th December 2016 राति १२ बजे सम्म भोटिङ्ग लाईन खुला रहने छ ।अव मात्र २ दिन रहेको छ
लैङ्गिक हिंसा विरुद्ध होस वा घरेलुहिंसाका विरुद्ध आफुलाई खरो रुपमा प्रस्तुत हुदै पीडितलाई न्याय तथा उपचारको क्षेत्रमा अहोरात्र खटिएर सेवा दिदै आएकी कुँवर हाल महिला विकास निरिक्षकको रुपमा महिला तथा बालबालिका कार्यालय जुम्लामा कार्यरत छन् ।
निजामती सरकारी कर्मचारीका बीचबाट आफ्नो कार्य क्षेत्रमा निर्वाह गरेको भूमिकाको मुल्याङ्कन गर्दै छनौट गरी उनीहरुका बिचबाट ईन्टीग्रेटीआईडल नेपाल–२०७३ घोषणा गरिने कार्यक्रममा उनी छनौटमा परेर पनि टप फाईभमा परेकी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षा पत्रकारिता पुस्कार मध्यपश्चिमबाट रेडियो रुबरुलाई

१५ पुष २०७३, शुक्रबार ०३:४९
सदरलाइनडटकम  १५ पुस, नेपालगन्ज  :  नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा प्रत्येक वर्ष बितरण गर्दै आएको शिक्षा पत्रकारिता पुरस्कारमा संस्थागत तर्फ मध्यपश्चिबाट नेपालगन्जको रेडियो रुवरुले प्राप्त गरेको छ । यो पुरस्कारको राशी २० हजारको रहेको  छ। यसैगरी ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ यस पटक दुई जना पत्रकारलाई संयुक्तरुपमा प्रदान गरिने भएको […]

ताजा अपडेट