चंखेलीमा जीप दुर्घटनामा गम्भीर घाइते ४ जनाको उद्धार

सदरलाइन संवाददाता ५ भाद्र २०८१, बुधबार १९:५०
 

हुम्ला – बुधबार बिहान ८ बजे हुम्लाको दार्मा गौरी सल्ला मोडमा जीप दुर्घटनामा परेर गम्भीर घाइते भएका चार जनालाई उद्धार गरिएको छ ।

गम्भीर घाइते भएका चंखेली गाउँपालिका – २ सुरेन्द्र बहादुर शाही तिलबहादुर शाही र रारा छायानाथ नगरपालिका – १३ का रमेश मल्ल रारा छायानाथ– १ का पृथ्वी राउतलाई सिम्रिक एयर हेलिकप्टरबाट उद्धार गरि प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ ।


कर्णाली प्रदेश ०२– ००१च ०९२२ बोलेरो जीप दुर्घटनामा ७ जना घाइते भएको मिमि प्रहरीचौकी हुम्लाले जनाएको छ ।

चार जना गम्भीर घाइतेलाइ उद्धार गरि सुर्खेत लगिएको छ । अन्य घाइतेलाई दार्मा स्वास्थ्यचौकी उपचार भइरहेको मिमि प्रहरी चौकी हुम्लाका प्रहरी सहायक निरीक्षक बालकृष्ण खड्काले बताए ।

बिरामी उद्धार खर्च चंखेली गाउँपालिकाको विपद कोषबाट खर्च तिर्न गाउँपालिका श्रोतले जनाएको छ। खर्च ५ लाख २० हजार रहेको श्रोतले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मकवानपुरमा भैसीले प्रतिकार गर्दा बाघ ठहरै !

५ भाद्र २०८१, बुधबार १९:५०
चितवन  :  चितवन राष्ट्रिय निकुन्जबाट निस्किएको बाघलाई मकवानपुरको मनहरीमा भैंसीले प्रतिकार गर्दा बाघ कै मृत्यु भएको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरमा भैसी गोठमा आक्रमण गर्न गएको बाघले भैंसी घाइते बनाएको र भैसीले प्रतिकार गर्दा ज्यान गएको लोथर मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर स्याङबोले जानकारी दिए । यस्तो घटना पहिलो […]