खजुरा गाउँपालिकाका सबै वडा साक्षर घोषणा

१२ असार २०७६, बिहीबार १७:४१
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाभित्र रहेका ८ वटा वडालाई साक्षर घोषणा गरिएको छ । गत वर्ष वडा नं. १ देखि शुरु भएको साक्षर घोषणा अभियान विहिवार वडा नं. ८ मा आएर टुंगिएको छ । एक समारोहका वीच वडा नं. ८ लाई विहिवार साक्षर वडा घोषणा गरिएको थियो ।
वडा नं. ८ मा १५ वर्षदेखि ५९ वर्ष सम्मका ३ हजार ७४७ जनसंख्या रहेकोमा १६५ जना बाहेक सबै साक्षर भएकाले ९५ दशमलव ५९ प्रतिशत साक्षर हुँदा उक्त वडालाई पनि साक्षर घोषणा गरिएको हो । उक्त कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले पूर्वाधारको पनि पूर्वाधार शिक्षा भएको उल्लेख गर्दै सबै व्यक्ति साक्षर हुन जरुरी रहेको बताए । उनले खजुरा गाउँपालिका समुदायको विकास, उत्थानका लागि सबैलाई पूर्ण साक्षर बनाउने दिशामा अगाडि बढेको बताए ।
कार्यक्रममा उपप्रमुख एकमाया विकले शिक्षाको ज्योति सबैले पाउनु पर्ने मानसिकताको विकास गर्नु पर्ने बताइन । हिजोको दिनको तुलनामा मुस्लिम र मधेशी बाहुल्य वडाहरुमा पनि परिवर्तन आएको बताउँदै उपप्रमुख विकले गाउँमै रोजगारी पाउने गरी शिक्षा हासिल गराउन आग्रह गरिन । कार्यपालिका सदस्य निशार अलिले शिक्षा विना मानिसको जीवन अन्धकार हुने भन्दै शिक्षा प्राप्तीका लागि अग्रसर हुन सबैलाई आग्रह गरे ।
वडा नं. ८ का वडाध्यक्ष फिरोज खानको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ८ को हालको साक्षर अवस्थाबारे शिक्षक पुष्पराज शर्माले प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडा नं. २ का अध्यक्ष देविलाल खनाल, ७ का अध्यक्ष अतिउल्ला खाँ, कार्यपालिका सदस्य फुलमाया जैसी, भागीरथ सुनार, शिक्षा प्रमुख टिकानाथ गोसाई, स्रोत व्यक्ति टंक दाहाल, शिक्षा समिति सदस्य ऋषिराम सापकोटा, भक्तबहादुर केसी, प्याब्सन खजुराका अध्यक्ष मित्रलाल सापकोटा, शिक्षक महासंघ खजुरा अध्यक्ष केशवराज लामिछानेलगायतको सहभागिता रहेको थियो ।

Next Post

युवा उद्यमशिलता तालिमको समापन

१२ असार २०७६, बिहीबार १७:४१
सदरलाइन/सीता खड्का, नेपालगञ्ज   : नेपालगञ्ज उप–महानगरपालिकाले युवालाई लक्षित गरी आयोजना गरेको साताव्यापी उपमहानगर स्तरिय युवा सीप तथा उद्यामशिलता विकास तालिमको समापन भएको छ । युवालाई उद्यमशिल बनाउने तथा उद्यम र व्यावसाय सञ्चालन गर्नेतर्फ अग्रसर रहेकालाई आफ्नो व्यावसाय सञ्चालन गर्ने तौर तरिकाको बारेमा प्रशिक्षण गराईएको थियो । सात दिनसम्म सञ्चालन भएको […]