भारतीय बजार गएका दुई युवतीमाथि सामूहिक बलात्कार

सदरलाइन संवाददाता १३ असार २०७९, सोमबार १४:४९
 

नेपालगञ्ज : दाङस्थित नेपाल–भारत सीतावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

आइतबार बिहान करिब ११ बजे भारतको मनिपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

युवतीहरू नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिण तर्फको जंगलमा भारतीय युवाको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

६ जना युवती भारतीय बजार जाँदै थिए । ती मध्ये दुई जना बलात्कृत भएको र अन्य चार जनालाई भने भारतीय युवकले धम्काउदै सरसामान लुटपाट गरेको प्रहरीको भनाई छ ।


पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो । घटनास्थल भारतीय भूमी भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको डिएसपी रिजालले बताए ।

डिएसपी रिजालका अनुसार पीडितले भारतीय प्रहरीमा जोहेरी दिइसकेका छन् । भारतीय प्रहरीले अनुसन्धानका लागि चार जनालाई पक्राउ गरेको जानकारी दिएको डिएसपी रिजालले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल टेलिभिजनका प्रस्तोता र संवाददातालाई अभिमुखिकरण

१३ असार २०७९, सोमबार १४:४९
नेपालगञ्ज : नेपाल टेलिभिजनको कार्यक्रम प्रस्तोता र स्थानीय संवाददाताका लागि दुई दिने क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम कोहलपुरमा शुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको सहकार्यमा भएको सो अभिमुखीकरणको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले पत्रकारले सूचनाको हकको कार्यान्वयन सही तरिकाले गर्न सुझाव दिँदै पत्रकारितामा […]