बुम रेमिट छात्र क्रिकेट प्रतियोगिताको तयारी सकियो

७ माघ २०७४, आईतवार १९:५८
 

सदरलाइनडटकम  
७ माघ, कोहलपुर (बाँके) : बुम रेमिटद्वारा प्रायोजित विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता कोहलपुरमा संचालन हुने भएको छ । मध्यपश्चिम क्रिकेट क्लबको आयोजनामा यहि माघ ९ गतेबाट जिल्लास्तरीय ‘बुम रेमिट छात्र क्रिकेट प्रतियोगिता’ संचालन हुने भएको हो ।
प्रतियोगिताको तयारीका बारेमा जानकारी दिदै सो प्रतियोगिता निर्देशक तथा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले विद्यालयस्तरबाटै उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
जिल्लाका २ सरकारी विद्यालयसहित १२ वटा टिमले प्रतियोगितामा सहभागीता जनाउने बताउँदै क्षेत्रीले आवश्यक सम्पूर्ण तयारी पुरा भएको बताए । गत वर्षदेखि सुरु गरीएको प्रतियोगिताको दोस्रो संस्करणका रुपमा सो प्रतियोगिता संचालन गर्न गईरहेको आयोजक मध्यपश्चिम क्रिकेट क्लबका अध्यक्ष दिपेन्द्र थापले जानकारी दिए ।
अघिल्लो वर्षभन्दा ब्यवस्थित तवरले संचालन गरीने प्रतियोगिताको पुरस्कार राशीमा समेत बृद्धि गरीएको थापाले बताए । नगद राशीका अलावा अन्य विधाका खेलाडीहरुलाई समेत हौसला प्रदान गर्ने गरी पुरस्कृत गर्ने तयारी गरिएको बताउँदै थापाले प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमलाई क्रमशः २१ हजार र ११ हजार सहित ट्रफीको ब्यवस्था गरिएको जानकारी दिए ।
यसैबिच प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी टिमहरुको आधारमा खेलतालिका सार्वजनिक गरिएको प्रतियोगिताका प्राविधिक संयोजक होमेन्द्र क्षेत्रीले जानकारी दिए । यहि माघ ९ गतेबाट सुरु हुने प्रतियोगिताको समापन १५ गते गरीने क्षेत्रीले बताए ।

Next Post

मन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य मिन विश्वकर्माले कोहलपुरमा गुटको भेला गरेको आरोप

७ माघ २०७४, आईतवार १९:५८
सदरलाइनडटकम   ७ माघ, कोहलपुर (बाँके) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा बाणिज्य मन्त्री मिन विश्वकर्माले कोहलपुरमा पार्टीको गुट विषेशको बैठक गरेको आरोप लागेको छ । हालै सम्पन्न निर्वाचनमा बाँकेमा नराम्रोसंग पराजय व्योहरेको काँग्रेसलाई केन्द्रीय सदस्यको हैसियतले संगठन मजबुत बनाउनको लागि निर्देशन दिनुको साटो पार्टीको एक गु्टलाई मात्र भेट्नु दुखद भएको […]