छात्रालाई आत्महत्या दुरुत्साहन गर्ने प्रिन्सपल प्रहरी नियन्त्रणमा

सदरलाइन संवाददाता २३ आश्विन २०७८, शनिबार १७:०७
 


बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउपालिकाको चिसापानीमा रहेको दिप ज्योती सेकेन्डरी स्कुलका प्रिन्सपल दमन पाण्डे आफ्नै छात्रालाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका छन् ।

पाण्डेलाई आफ्नै विद्यालयबाट एसईई गरेकी छात्रालाई मृत्यु दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । एक साताअघि बैजानाथ गाउँपालिका गाभरकी १७ वर्षिया एलिशा शाह घरमै मृत अवस्थामा भेटिएकी थिईन ।

मृतक शाहको मोबाईलमा प्रिन्सपल पाण्डेले पठाएको अश्लिल एसएमएस भेटिएपछि आक्रोशित स्थानीयले प्रिन्सपल पाण्डेमाथि कारवाहीको माग गर्दै विद्यालय घेराउ गरेका थिए । पाण्डेले विभिन्न खालका प्रलोभन दिएर अश्लिल कार्य गरेको आशंका गरिएको छ ।


मृतक शाह पाण्डे कै करबलमा कोहलपुरमा रहेको एक विद्यालयमा ११ कक्षामा भर्ना भएको र बारम्बार विभिन्न खालका दबाब दिने गरेको मोबाइलमा भेटिएको एसएमएसले पुष्टि गरेकोले निश्पक्ष छानविन गरी कारवाहीको दायरामा ल्याउन आफुहरुको माग रहेको मृतक शाहका आफन्त पुनित विक्रम शाहले बताउनु भयो ।

बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले सो घटनालाई प्रिन्सपल पाण्डेलाई नियन्त्रणमा लिएर आत्माहत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान थालेको बताए । स्थानीयहरु शुक्रबार बिद्यालयमै पुगेर दुंगामुढा गरेपछि प्रहरीले पाण्डेलाई लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज म्याराथनको सातौ संस्करण मंसिर ४ मा हुने खेलाडि दर्ता सुरु

२३ आश्विन २०७८, शनिबार १७:०७
नेपालगञ्ज : नेपालगञ्ज म्याराथनको सातौ संस्करण आगामी मंसिर ४ गते नेपालगञ्जमा आयोजना गरिने भएको छ । सरकार र तत्कालिन विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शानिवार हुँदै आएको म्याराथनको तयारी बारे आयोजक क्रियटिभ ह्याण्ड्सले शनिवार पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो […]