खानेपानी अभाव

२४ श्रावण २०७५, बिहीबार १९:१५
 

हुम्ला, सदरमुकाम सिमीकोटदेखि ३ किलोमिटर पर छल्ट्रा खोला मुहानको ट्यांकी र पाइप आज बिहान भारी वर्षापछि पूरै क्षतिग्रस्त भएको छ ।

खानेपानी समितिका सदस्य लोकमणि राउतले गाउँमा आजैदेखि खानेपानीको अभाव भएकाले मूलहरुबाट पानी ल्याउन सर्वसाधारण जनता र कर्मचारीलाई दुई घण्टा लाग्ने बताए । सिमीकोट गाउँपालिकाका अध्यक्ष पद्मबहादुर लामाका अनुसार यही साउन २५ गते प्राविधिकले सो ठाउँमा निरीक्षण गर्नेछन् ।

यसैबीच सिमीकोट गाउँपालिका –८ स्थित मेलघाट र भरीघाटको काठेपुल अविरल वर्षाले बगाएपछि यम्बु गाउँका मानिसलाई सदरमुकामबाट उपभोग्य सामान ल्याउन कठिनाइ भएको वडाध्यक्ष चक्र बुढाले जानकारी दिए ।


 

रासस

Next Post

प्रथम बाँके स्कुल आईडल–२०७५ आगामी शनिबारदेखि सुरु हुँदै

२४ श्रावण २०७५, बिहीबार १९:१५
सदरलाइनडटकम , नेपालगन्ज : बाँकेमा पहिलो पटक विद्यालय लक्षित ‘बाँके स्कुल आईडल–२०७५’ प्रतियोगिता हुने भएको छ । मिडिया ल्याव प्रोडक्सन प्रालिको आयोजनामा हुन लागेको सो प्रतियोगिता आगामी साउन २६ गते शनिबारदेखि सुरु हुने गरी तयारी अगाडि बढाईएको छ । विद्यालय स्तरबाटै नेपाली कला र संस्कृतिको संरक्षण तथा पहिचानको लागि आईडल […]