रेडपाण्डाको छालासहित बाँकेमा ४ जना पक्राउ

सदरलाइन संवाददाता २८ चैत्र २०७७, शनिबार १५:४८
 

नेपालगञ्ज : दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित रोल्पाका ४ जना बाँकेबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनछहरी गाउँपालिका वडा नम्बर १ का ४५ वर्षीय धन बहादुर रोका मगर, सोही ठाउँका १९ वर्षीय दिपेश रोका मगर, अर्का १९ वर्षकै विष्णु रोका मगर र ३० वर्षीय खिमान सिंह रोका मगर रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई विहीबार राती ९ बजे बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्क स्थित लालीगुराँस होटलबाट रेडपाण्डाको २ थान छाला कारोवार गर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिम १ लाखदेखि २५ लाखसम्म जरिवाना र १ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने छ ।

Next Post

१५ ग्राम ब्राउन सुगरसहित गब्बार चौलिक्काबाट पक्राउ

२८ चैत्र २०७७, शनिबार १५:४८
नेपालगञ्ज :  बाँके प्रहरीले १५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ जयसपुर बस्ने बर्ष २४ को गब्बार राई भन्ने हसीब हुसैनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका गब्बारलाई चौलिकामा रहेको प्रहरी बिट नजिकबाट बिशेष सुचनाको आधारमा लागू औषध […]