नेपालगञ्ज उपमहानगरपालिकाद्वारा ४६ विपन्न व्यवसायीलाई ८० लाख लगानी

सदरलाइन संवाददाता ७ फाल्गुन २०७९, आईतवार १५:३८
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले सानो व्यापार व्यवसाय गर्ने विपन्न समुदायका व्यक्तिहरुमा लगानी गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले पहिलो चरणमा ४८ जना व्यक्तिहरुलाई ८० लाख रुपैयाँ लगानी गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित साझेदारी विकास कार्यक्रम अन्तर्गत प्रजातन्त्र दिवसको अवसर पारेर आइतवार वडा नम्बर ४, ७, ८, ९, ११ र २० का ४८ जनालाई न्यूनतम् २५ हजार रुपैयाँदेखि अधिकतम् २ लाख रुपैयाँ प्रदान गरिएको छ । साझेदारी विकास कार्यदलका संयोजक एवम् नेपालगञ्ज २० का वडा अध्यक्ष कौशलकुमार धोबीले आइतवार चेक हस्तान्तरण गरे ।


“सानो स्केलमा व्यापार व्यवसाय गरिरहेका विपन्न समुदायका व्यक्तिहरुलाई आर्थिक सहजताका लागि लगानी गर्ने उद्देश्य अनुसार चेक रकम हस्तान्तरण गरेका हौं, वडा अध्यक्ष धोवीले भने–“खासगरी लक्षित समुदाय अन्तर्गत मधेशी, मुस्लिम, पिछडिएको बर्ग, अल्पसंख्यकहरुको पहिचान गरेर आवश्यकताका आधारमा लगानी गरेका हौं ।” नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक लगानी गरेपछि व्यवसायीहरु खुसी र उत्साहित भएको धोवीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडानं. १२ का जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य शिविर

७ फाल्गुन २०७९, आईतवार १५:३८
नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिका वडानं. १२ का जेष्ठ नागरिकलाई लक्षित गरी एकदिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । नेपाली उपभोक्ता संरक्षण महासंघ जिल्ला कार्य समिति बाँकेले नेपालगञ्ज उपमहानगरपालिका वडानं. १२ संग समन्वय र सहकार्यमा वडामा रहेका जेष्ठ नागरिकको स्वास्थ्य अवस्था जाँच गरी औषधि समेत वितरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना […]