प्युठानको भ्याकुतेमा भएको सवारी दुर्घटनामा परेर ८ को मृत्यु

सदरलाइन संवाददाता २९ जेष्ठ २०८०, सोमबार १९:१८
 

प्युठान :  प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्कने बेलामा स्वर्गद्वारी–४ को भ्यागुतेमा आइतबार दिउसो भएको सवारी दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ ।

स्वर्गद्वारी दर्शन गरेर फर्कने क्रममा लु १ च ६३४५ नं.को कार अंदाजी साढे ३ बजे अनियन्त्रीत भई करिव ३० मिटर सडक भन्दा तल खसेर भएको सो सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएको अवस्थामा जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा ८ जनाको मृत्यु भएको चिकित्सकले जनाएको छ ।


मृत्यु हुनेमा दाङको तुलसीपुर–१५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल र उनका छोराहरू १४ वर्षका विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका–७ गढवाका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीय राधा नेपाली शाह र उनीहरुका छोरा ९ बर्षका आदित शाहको मृत्यु भएको हो ।

यस्तै दुर्घटना ग्रस्त कार चालक दाङको लमहीका ताराबहादुर कुमालको पनि मृत्यु भएको छ भने एकजना बालकको सनाखत हुन सकेको छैन । प्रहरीले दुर्घटनाको कारण अनसुसंन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा छलफल सुरु

२९ जेष्ठ २०८०, सोमबार १९:१८
देउखरी (दाङ्ग) : लुम्बिनी प्रदेशसभामा प्रमुख बिपक्षी दलका नेता तथा पुर्व मुख्यमन्त्री लिला गिरीले जनताको जीवनस्तर सुधार्ने कामका लागि सरकारलाई साथ दिन र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् । उनले प्रदेशका जनताको जीवनस्तर सुधार गर्नेगरी सरकारले सबै दललाई साथमा लिएर अभिभावकीय भूमिकाका साथ काम गर्न तयार रहनुपर्ने […]