बाँकेमा बिहीवार १५ संक्रमित थपिए, ७ डिस्चार्ज

सदरलाइन संवाददाता २४ भाद्र २०७८, बिहीबार १३:१४
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११६ नमुना परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा १०, कोहलपुर मेडिकल कलेजमा ३ र बागेश्वरी प्रयोगशालामा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका १० जना छन् ।


कोहलपुरका ८, नेपालगञ्ज र राप्तीसोनारीका १–१ जना हुन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १८ हजार ७९ पुगेको छ ।

यस्तै बिहीवार थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ७९ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले एक सय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नवनियुक्त प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिन्ह प्रदान

२४ भाद्र २०७८, बिहीबार १३:१४
काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीवार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिए । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति रहेकी छन् । समारोहमा रक्षा मन्त्रालयको समेत जिम्मेवारी […]