जनक शिक्षा सामग्री केन्द्र नेपालगञ्जका प्रमुख शर्माको बिदाई

सदरलाइन संवाददाता १० फाल्गुन २०७९, बुधबार १३:२७
 

नेपालगञ्ज : जनक शिक्षा सामग्री केन्द्र नेपालगञ्जका प्रमुख रबिन्द्र कुमार शर्मालाई यहाँका पुस्तक ब्यवसायीहरुका संगठनहरुले बिदाई कार्यक्रम गरेका छन् ।

झण्डै दुई दशक नेपालगन्जमा रहेर साबिक मध्यपश्चिम बिकास क्षेत्रमा जनक शिक्षा सामाग्री केन्द्रबाट उत्पादित पाठ्यसामग्रीको सहज उपलब्धता गराउन प्रमुख शर्माले महत्वपूर्ण भुमिका खेलेको ब्यवसायी संस्थाका नेतृत्वहरुले बताएका छन् ।

प्रमुख शर्माको नेपालगञ्जबाट केन्द्रिय कार्यालय काठमाडौमा प्रशासन प्रमुखको जिम्मेवारीसहित सरुवा भएको हो ।

सरकार बाट सामुदायिक बिद्यालयहरुका पाठ्यसामग्री उत्पादन गर्ने अनुमति प्राप्त यस क्षेत्रकै एक मात्र पब्लिकेशन नयाँ मुलुक प्रकाशन प्रालिले प्रमुख शर्मालाई सम्मान पत्रले सम्मान गर्दै बिदाई गरेको छ ।


नयाँ मुलुक प्रकाशन प्रालिका अध्यक्ष मेघराज ओलीले उनलाई सम्मान गर्दै प्रमुख शर्मा एउटा सफल कार्यालय प्रमुख भएको बताए ।

अध्यक्ष ओलीले शर्माले यस क्षेत्रका सामुदायिक बिद्यालयहरुमा आवश्यक पर्ने पाठ्यसामग्री सहज र सरल ढंगले उपलब्ध गराएर शैक्षिक गुणस्तरलाई उचो राख्न महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्दै नयाँ मुलुक प्रकाशन प्रालिले मात्र नभई यस क्षेत्रका पाठ्यसामग्री संग सम्बद्धहरुले समेत सम्मान गरेको बताए । प्रमुख शर्माले जिम्मेवार राष्ट्रसेवक कर्मचारीको भुमरीकाका संगसंगै यस क्षेत्रका ब्यवसायी र स्थानीयसंग मैत्रीपुर्ण ब्यवहार निभाएको ओलीले स्मरण गरे ।

नयाँ मुलुक प्रकाशन प्रालिको आयोजनामा भएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका केन्द्रिय सचीव बुद्धिप्रसाद अधिकारीले कार्यलय प्रमुख शर्माको कर्तव्यनिश्ठ अनुसाशित सरल ब्यवहारबाट पुस्तक ब्यवसायीहरु प्रभावित भएको हुदा आफुहरुको संस्थाले पनि बिदाईसहित सम्मान गरेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका अबैध क्रसर खुलाउन जिल्ला समन्वय समितिको परिपत्र

१० फाल्गुन २०७९, बुधबार १३:२७
नेपालगञ्ज : बाँके जिल्लामा मापदण्ड बिपरित रहेकाले बन्द गरिएका कंसरहरु केही दिन पहिल्य खोल्ने अनुमती दिइएको छ । गएको स्थानिय निर्बाचनबाट जिल्ला समन्यव समिति बांकेको प्रमुखमा आएका ज्ञानेन्द्र कुमार चौधरीले आफै हस्ताक्षर गरेर मापदण्ड बिपरितका बाँकेका प्रयाः सबै गैर कानुनी क्रसर उद्योगहरु सञ्चालनका लागि पत्र नै लेखेर अनुमती दिएको पाइएको […]