शहरी विकास आयोजनाको समिक्षा

२१ चैत्र २०७४, बुधबार १८:३२
 

सदरलाइनडटकम
२१ चैत, नेपालगन्ज :  नेपालगञ्ज उप–महानगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाको समग्र समिक्षा गरिएको छ । आयोजना समन्वय कार्यालय परियोजना कार्यान्वयन इकाइद्धारा आज बुधबार नेपालगञ्जमा आयोजित आयोजना अभिमुखीकरण कार्यक्रममा आयोजनाको प्रकृति, काम र आगामी कार्यक्रम बारे प्रकाश पार्दै आवश्यक राय सुझाव लिइएको थियो । उपमहानागरपालिकाका जनप्रतिनीधी, आयोजना, परियोजनाका प्रमुख एवं प्रतिनीधी, सम्वद्ध निर्माण कम्पनी, व्यवसायी लगायतको सहभागिता रहेको अभिमुखीकरणमा सन्वन्धित विषयमा विभिन्न प्रस्तुती भएको थियो ।
एशियाली विकास वैंकको ऋण तथा अनुदान सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाइमार्फत नेपालगञ्जमा विकास निर्माण भइरहेको छ । कालिका जेडी्टएस जेभीसँगको सम्झौताअनुसार अहिले नगरमा ३६ किमी सडक तथा ४० कीमी नाला निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले नगरवासीको समस्या, आवश्यक्ता र मागलाई प्राथमकितामा राखेर काम बढाउनुपर्ने आवश्यक्तामा जोड दिए ।
नगर प्रमुख राणाले वर्षा अगावै फोहर व्यवस्थापन, डुवानबाट जोगीन पानीको सहज निकास र गुणस्तरिय काममा ध्यान दिन सम्वद्ध पक्षको ध्यानाकर्षण गर्नु भयो । उपप्रमुख उमा थापा मगरले जनताको गुनासोलाई समयमै सम्वोधन गर्न सवै पक्ष सचेत र जिम्मेवार बन्नुपर्ने बताए । आयोजना निर्देशक चक्रवर्ती कण्ठले आयोजनाको काम तिव्र रुपमा भइरहेको जनाउँदै यसको सफलता र प्रभावकारिताका लागि कर्मचारी, जनप्रतिनीधी र स्थानीय नागरिकको समन्वयात्मक भूमिका हुनुपर्ने बताए । परियोजना प्रमुख सुनिल ठाकुरले विकास निर्माणको कामको तिव्रतासँगै आएका गुनासोलाई पनि सम्वोधन गर्दै जाने विश्वास दिलाए । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलको समेत उपस्थिती रहेको कार्यक्रममा वडा अध्यक्षले कामको गुणस्तरियताप्रति आयोजना सचेत हुनुपर्ने भन्दै आफुहरुको सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Next Post

महिला ह्याण्डल टिमलाई सम्मान

२१ चैत्र २०७४, बुधबार १८:३२
सदरलाइनडटकम २१ चैत, नेपालगन्ज  :  हालै भारतको लखनउमा सम्पन्न भएको ह्याण्डबल साउथ एशियनसिप प्रतियोगितामा उपबिजेता हुने नेपाली टिमलाई नेपालगन्जमा भब्यरुपमा स्वागत गरिएको छ । ह्याण्डबलको महिला टिमले बंगलादेशलाई पराजित गर्दै उपबिजेता भएको थियो । उमा राइ नेतृत्वको टिमलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले आज बुधवार एक कार्यक्रमको आयोजना गरी सम्मान […]