बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता २१ चैत्र २०७८, सोमबार १५:५५
 

नेपालगञ्ज : बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जानकी गाउँपालिका– ३ मानपुराका ५२ वर्षीय रामपल्टन काँदु गुप्तालाई पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ ।

लेनदेन मुद्दामा गुप्तालाई २०७५ साल भदौ ११ गते जिल्ला अदालतले दोषी ठहर गर्दै ९ महिना कैद फैसला गरेको थियो ।


उनलाई घरैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गुप्तालाई सोमवार जिल्ला अदालतमा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा एक युवकद्वारा आफ्नै घाँटीमा चक्कु प्रहार

२१ चैत्र २०७८, सोमबार १५:५५
नेपालगञ्ज : नेपालगञ्जमा एक युवकले आत्माहत्याको प्रयास गरेका छन् । दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नंं.२ डाँडामाढी गाउँका ४० वर्षीय राजु परियारले आफ्नो घाँटीमा आफैले चक्कु प्रहार गरी आत्माहत्याको प्रयास गरेका हुन् । चक्कु प्रहारपछि घाईते परियारलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पुर्याइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, […]

ताजा अपडेट