बाँकेका सबै विद्यालयमा विद्यालय सुरक्षा कार्ययोजना लागू

१६ मंसिर २०७५, आईतवार १०:२६
 

सदरलाइन / रुद्र सुवेदी, 
नेपालगञ्ज  : बाढी, हावाहुरी, भुकम्प तथा आगलागी जन्य प्रकोपको अत्यन्तै जोखिममा रहेको बाँकेका सबै विद्यालय सुरक्षा तथा न्यूनतम प्रकोप मापदण्ड कार्ययोजना लागू गरिएको छ । युरोपियन युनियन, सेभद चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र शिक्षा विकास तथा समन्वय ईकाई बाँकेको समन्वय तथा बाँके युनेस्को क्लवले जिल्लाका सबै स्थानीय तहका विद्यालयमा सो कार्यक्रम सञ्चालन गरेको हो ।
‘बाँकेका सबै स्थानीय तहका विद्यालयलाई लक्षित गरी उनीहरुलाई भै परि आउने प्रकोपबाट सुरक्षित बनाउन तथा आसपासको समुदायमा समेत प्रकोपकाट जोगाउने उद्देश्यले यो योजना सञ्चालनमा ल्याईएको हो’–बाँके युनेस्को क्लवका अध्यक्ष प्रवेज अलि सिद्दिकीले भने ।
उनले विद्यालय सबैको सार्वजनिक स्थाल भएको र विद्यार्थी सूचनाका संवाहक हुने भएको कारणले विद्यालय सुरक्षा योजना संगै समुदायलाई पनि प्रकोपको बाचाउन तथा प्रकोपको बेलामा क्षति न्यूनिकरण गर्नको लागि जिल्लाका आठ वटै स्थानीय तहमा सामुदायिक, संस्थागत, मदरसा, गुरुकुल जस्ता सबै विद्यालय सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिए ।
बाँके राप्तीसोनारी गाउपालिका–७ का वडा अध्यक्ष रामलखन थारुले विद्यालय सुरक्षा कार्यक्रमले विद्यालयको मात्र नभएर समग्र समुदायको हितमा काम गरेको आफुले पाएको बताए । उनले भने–‘हाम्रो वडा वाढीको अत्यन्तै जोखिममा रहेको वडा हो । विद्यालय सुरक्षा कार्यक्रमले विद्यार्थीलाई प्रकोपबाट बच्ने र क्षति न्यूनिकरणको कुरा सिकाउदा यसले समुदायमा सजिलै पुग्ने भएकोले उपयोगि छ ।’
शैक्षिक क्षेत्रमा प्रकोप जोखिम न्यनिकरण तथां विद्यालय सुरक्षा प्रबद्र्धन एबं सुदृढीकरण परियोजनाले विद्यालयमा प्रकोप व्यवस्थापन, विद्यालय सुधार योजना निमार्ण, जोखिम पहिचान, समाधानका उपाय, बाल संरक्षण, सुरक्षित स्थान, परिवारिक सुरक्षा लगायतका विषयमा सहयोग पुर्याउने बाँके युनेस्को क्लवका महासचिव तथा कार्यक्रम संयोजक दिपेन्द्र चौधरीले दाबी गरे ।
बाँकेका आठवटै स्थानीयतहका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयलाई लक्षित गरी सञ्चालनमा ल्याईएको सो कार्यक्रम अन्तरगत नेपालगञ्ज उप–महानगरमा १५८, कोहलपुर नगरपालिका ७५, खजुरा ६, जनाकी ४५, नरैनापुर ४७, राप्तीसोनारी ७०, डडुवा ४९ र बैजनाथ ५५ बटा गरी जम्मा ५८६ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको छ ।
उनले सो परियोजनाले जिल्लामा प्रकोपको कारण अत्यन्तै जोखिममा रहेका सामुदायिक तथा धार्मिक ४० विद्यालयको भौतिक पूर्वाधार सुधारमा सहयोग गरेका जानकारी दिदै भने–‘ जिल्लामा अत्यन्तै जोखिमामा रहेका ४० विद्यालयलाई भौतिक पूर्वाधार सुधारमा समेत सहयोग दिनुको साथै सबै विल्द्यालयमा प्रकोपको बारेमा जानकारी दिने सचेनामूलक फिलिप चार्ट, ठिक बेठिक कार्ड, प्रकोपबाट बच्ने १० उपाय भएको पम्पलेट आदी उपलब्ध गराएका छौ ।’

Next Post

नार्कको कार्यप्रति मन्त्री खनाल असन्तुष्ट

१६ मंसिर २०७५, आईतवार १०:२६
सदरलाइनडटकम, नेपालगञ्ज : कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि अनुसन्धान परिषद् नार्कको काम प्रति असन्तुष्टि जनाएका छन् । नार्कले कृषि क्षेत्रमा गरेको अनुसन्धान कृषकको माझ नपुगेको भन्दै असन्तुष्टि जनाएका हुन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाँकेको प्रथम चौमासिक प्रगती समिक्षा गोष्ठिमा मन्त्री खनालले नार्कको प्रगतिबाट पाँच प्रतिशत मात्र सन्तुष्ट […]