सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिकवर्षका योजनाको अनुगमनलाई तिव्रता दिएको छ । यहि चैत महिनाभित्रै चालु आर्थिकवर्षका योजना सम्पन्न गर्ने नीति लिएको नेपालगञ्ज उपमहानगरपालिकाले अनुगमनलाई तिव्रता दिएको हो ।
बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलको नेतृत्वमा प्राविधिकसहितको टोलीले बुधवार वडा नम्बर १९, २१ र २२ मा योजनाको कार्यान्वयनको अवस्था बारे जानकारी लिएको छ । अनूगमन टोलीले योजनाको कार्यान्वयनको अवस्थाबारे जानकारी लिएको बरिष्ठ कार्यक्रम अधिकृत पौडेलले बताए ।
अनुगमनका क्रममा वडामा पुग्दा उपभोक्ता समितिको गठन शुरु भएको, लागत स्टिमेट बनिरहेको पाइएको पौडेलले बताए । लागत स्टिमेट तयार नभएका योजनाको छिटो काम गर्न टोलीले निर्देशन दिएको छ ।
