नेपालगञ्ज : बाँके प्रहरीले अबैध बाटो हुँदै भन्सार छलेर ल्याइएको करिव २३ हजार बराबरको विभिन्न सामान निययन्त्रणमा लिएर नेपालगञ्ज भन्सार पठाएको छ
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज–१० गणेशमान चोक नजिक भन्सार छली चोरी पैठारी गरी ल्याएको वेवारिसे अवस्थामा रहेको विभिन्न कपडा, जुत्ता, पानमा हाल्ने सामाग्री लगायतका समाग्री रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको सो सामाग्री आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंञ्ज पठाईएको जनाएको छ ।