विभिन्न ठाउँबाट चौध जुवाडे पक्राउ

९ कार्तिक २०७५, शुक्रबार १८:१६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : विभिन्न ठाउँबाट प्रहरीले १४ जना जुवाडेलाई पक्राउ गरेको छ । डोटीको सदरमुकाम सिलगढीमा बिहीवार राति जुवा खेलिरहेका सातजना जुवाडेलाई पक्राउ गरेको छ । दिपायल सिलगढी नगरपालिका ६ बस्ने ३३ वर्षीय गणेश श्रेष्ठ, वडा नं. ६ बस्ने ४० वर्षका किरण श्रेष्ठ, ५१ वर्षीय हरिहर केसी, २८ वर्षका गणेश कठायत, वडा नम्बर ५ बस्ने २५ वर्षीय दिपक धामी, २५ वर्षकै सन्तोष बिक तथा सायल गाउँपालिका ६ घर भई सिलगढी बस्ने ३५ वर्षका प्रकाश खातीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुसँग ३२ हजार ४ सय २० रुपैयाँ नगदलगायत अन्य सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
यस्तै जुवा खेलिरहेको अवस्थामा दाङमा सात जना जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ३ भैसिकुरमास्थित शरद थापाको घरमा जुवा खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट एक लाख ३५ हजार रुपैयाँसमेत बरामद गरिएको उनले बताए ।

Next Post

ग्यास सिलिण्डर पड्किँदा कञ्चनुपरको एक पसलमा आगलागी

९ कार्तिक २०७५, शुक्रबार १८:१६
सदरलाइनडटकम, कञ्चनपुर : खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा कञ्चनपुरस्थित एक पसलमा आगलागी भएको छ । बेलडाँडी गाउँपालिका २ बेलडाँडी बजारमा रहेको समैजी डेरी तथा मिठाई भण्डारमा शुक्रवार ग्यास सिलिण्डर पड्किँदा आगलागी भएको हो । मिठाइ पसलको स्टोरमा राखिएको सिलिण्डर पड्केर भएको आगलागीले चार लाख मूल्य बढीको क्षति भएको अनुमान गरिएको छ […]