सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका थप ४८ जनाको स्वाब संकलन गरिएको छ । कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गर्दै स्वाब लिने क्रममा बिहीवार तीन स्थानबाट ४८ जनाको स्वाब संकलन गरिएको हो ।
खजुराको वडा नं. ७ सोनपुरबाट १७ जनाको स्वाब संकलन गरिएको छ । त्यसैगरी विपी चोक आसपासबाट ३० जना र क्यान्सर अस्पताल खजुराबाट १ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
यसअघि पहिलो संक्रमित ब्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरेर ९४ जनाको स्वाब लिइएकोमा एउटै टोलका २२ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि ती २२ जनाको सम्पर्कमा आएकाहरुको खोजी गर्दै स्वाब लिन थालिएको हो ।
