१३ औं दिनको पुण्यतिथिमा अध्यक्ष यादवप्रति श्रद्धाञ्जली

सदरलाइन संवाददाता २४ भाद्र २०७८, बिहीबार १२:१८
 

जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको १३ औं दिनको पूण्यतिथिमा आज गाउँपालिकामा श्रद्धाञ्जली सभा गरिएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको श्रद्धाञ्जली सभामा बोल्दै गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले अध्यक्ष यादवको निधनले गाउँपालिकाले अभिभावक गुमाउनु परेको बताइन् ।

गाउ्रँपालिकाका संस्थापक अध्यक्षको रुपमा यादवले सह्रानीय कार्य गर्नुभएको स्मरण गर्दै उपाध्यक्ष धितालले जनप्रिय नेता यादवको योजना र सपनालाई पूरा गर्न आगामी दिनमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी एकजुट भएर लाग्नु पर्नेमा जोड दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले गाउँपालिका अध्यक्ष यादवले आफ्नो कार्यकालमा जनमुखी कामहरु गर्दै आएको बताए । जनताका पक्षमा काम गर्न कर्मचारीलाई सदैव मार्गनिर्देश गर्ने अभिभावक गुमाउनु पर्दा गाउँपालिका शोकमग्न रहेको उनले उल्लेख गरे ।


गाउँपालिकाका राजनीतिक सल्लाहकार एवम् नेकपा एमालेका नेता पदम धितालले गाउँपालिका अध्यक्ष यादवको निधनले जानकी गाउँपालिकाले कर्मशिल जनप्रिय नेता गुमाउनुका साथै पार्टीले असल र जिम्मेवार नेता गुमाएको बताए ।

अध्यक्ष यादवले विगतमा अघि सारेका योजना र कार्यक्रमलाई सफल पार्न जनप्रतिनिधि र कर्मचारी अघि बढ्न सकेमात्र यादवप्रतिको सच्चा श्रद्धाञ्जली हुने उनले उल्लेख गरे ।

अध्यक्ष यादवको ६२ वर्षको उमेरमा गत भदौ १२ गते बिहान शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा निधन भएको थियो । यादवका आमा, श्रीमति, दुई छोरा र दुई छोरी छन् ।

यादव वि.सं २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा एक जनाको मृत्यु

२४ भाद्र २०७८, बिहीबार १२:१८
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँके कोहलपुरका एकजना पुरुषको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा बिहीवार विहान मृत्यु भएको हो । उनलाई भदौ ८ गते कोभिड संक्रमण पुष्टि भएका थियो । उनी १० गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । […]