मैत्रीपूर्ण फुटबल प्रतियोगितामा थारु पत्रकार संघ विजयी

सदरलाइन संवाददाता २० फाल्गुन २०७९, शनिबार १५:१०
 

दाङ : थारु पत्रकार संघ दाङ र राष्ट्रिय थारु कलाकार मञ्च दाङ बिच शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा थारु पत्रकार संघ दाङ एक गोलका विरुद्ध पाँच गोल अन्तरले विजयी भएको छ ।

थारु पत्रकार संघ दाङका तर्फबाट खेलको पहिलो हाफमा सुबास चौधरीले दुई गोल, दोश्रो हाफ पछि प्रवेश चौधरीले दुई गोल र एक गोल कलाकारको तर्फबाट आत्मघाती भएको थियो । यस्तै राष्ट्रिय थारु कलाकार मञ्चको तर्फबाट पर्याप्त चौधरीले एक गोल गरेका थिए । घोराही उपहानगरपालिकामा वडा नं १७ ओखरा निवासी पत्रकार प्रकाश चौधरीका भाई विजय चौधरीको स्मृतिमा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो ।


पत्रकार चौधरीका भाई विजय द्धन्द कालमा सहादत भएका थिए । यस अवसरमा विजयी थारु पत्रकार संघलाई २ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । विजयी टिमलाई पत्रकार एवं थारु पत्रकार संघका सल्लाहकार लक्ष्मीमान चौधरीले प्रदान गरेका थिए । यस्तै खेलमा थारु पत्रकार संघका अध्यक्ष नवीन चौधरी लाई उत्कृष्ट गोलरक्षकको उपाधि प्रदान गरिएको रामएम जगत कुसुम्याले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय युवा संघ नेपाल बाँकेको अधिवेशन नेपालगञ्जमा जारी

२० फाल्गुन २०७९, शनिबार १५:१०
नेपालगञ्ज : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बाँकेको ९ औं अधिबेशन शनिबारदेखि नेपालगञ्जमा शुरु भएको छ । नेकपा एमाले पोलिट्ब्युरो सदस्य महेश बस्नेतको प्रमुख अतिथ्यतामा आयोजित ९ औं अधिबेशनलाई सम्बोधन गर्दै युवा नेता बस्नेतले युवा संघ परिवर्तनकारी शक्ति रहेको बताउँदै एकताबद्ध ढङले अगाडि बढनुपर्ने बताए । देश […]