सदरलाइनडटकम,
नेपालगञ्ज : शनिवार एकैदिन बाँकेमा २७ जना नयाँ संक्रमित थपिएका छन् । योसहित देशभरीमा शनिवार ३६ जना नयाँ संक्रमित भेटिएका हुन् । नरैनापुर गाउँपालिकाका मदरसाका ६ जना, वडा नं. ३ का १५ जना र वडा नं. १ का ६ जना नयाँ संक्रमित भेटिएका हुन् ।
यस्तै बैतडी शिवनाथ गाउँपालिकाका ४ जना पुरुष, झापाका १ जना र बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ७ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमध्ये ५ सय ५ पुरुष र ७९ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)