खुल्ला ब्याडमिन्टन प्रतियोगिता नेपालगञ्जमा शुरु

सदरलाइन संवाददाता २३ मंसिर २०७८, बिहीबार १३:४२
 

नेपालगञ्ज : नेपालगञ्जमा बिहीवारदेखि खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । बाँकेको जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाली सेनाको भैरवप्रसाद गण र कर्मचारी मिलन केन्द्र बाँकेको सह–आयोजनामा नेपालगञ्ज रंगशालाको कभर्डहलमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको नेपाली सेनाको श्री ४ नम्बर अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उदघाटन गरेका छन् । मंसिर २५ गतेसम्म सञ्चालन हुने प्रतियोतिामा ६ वटा विधामा प्रतिष्पर्धा छ ।


एकल स्पर्धातर्फ महिला र पुरुष, पुरुष युगल, भेट्रान्स युगल र यु–१९ उमेर समूह अन्तर्गत् पुरुष एकल र महिला एकलमा प्रतिष्पर्धा छ । प्रतियोगितामा करिब डेढ सय जना खेलाडीले भाग लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके युनेस्कोद्वारा बर्दियाका बाढीपीडित परिवारलाई ४५ लाखको राहात वितरण

२३ मंसिर २०७८, बिहीबार १३:४२
बर्दिया : गत कात्तिकमा भएको वर्षातको कारण आएको बाढीका कारणले बर्दिया राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकाका अति प्रभावित ८ सय ६५ पीडित परिवारलाई बाँके युनेस्को क्लबले विभिन्न राहात वितरण गरेको छ । स्टार्ट नेटवर्कको सहयोग र प्लान नेपालको सहकार्यमा क्लबले सञ्चालन गरेको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत राजापुर नगरपालिका १ […]