खजुराका बिद्यालय आइतवारदेखि सुचारु

सदरलाइन संवाददाता २० भाद्र २०७८, आईतवार १५:५७
 

खजुरा (बाँके) : बाँके खजुरा गाउँपालिकाका विद्यालय आइतवारदेखि सञ्चालनमा आएका छन् । कोभिडका कारण करिव पाँच महिनादेखि बन्द रहेका विद्यालय आइतवारदेखि सञ्चालनमा आएका हुन् ।

जिल्ला कोभिड–१९ ब्यवस्थापन केन्द्रले स्मार्ट लकडाउनको पालना हुने गरि स्थानीय तहले विद्यालय संचालनको अनुमति दिनसक्ने निर्णय गरेलगतै खजुरा गाउँपालिकाले आजदेखि विद्यालय सञ्चालन गरेको शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले बताए ।


सिफ्ट प्रणालीको आधारमा कक्षा सञ्चालन गर्नेगरी विद्यालय सञ्चालन गरिएको मल्लले बताए । विद्यालयलाई जनस्वास्थ्यको मापदण्ड पालना गरेर कक्षा सञ्चालन गर्न कडाइका साथ निर्देशन दिईएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खड्का नेकपा (एस) राेज्ने बाँकेका एक्ला जनप्रतिनिधि

२० भाद्र २०७८, आईतवार १५:५७
नेपालगञ्ज :  बाँकेमा आइतबारसम्म स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि मध्ये एकजनाले मात्र नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । आइतबार कोहलपुर नगरपालिका- ५ मा एमालेबाट निर्वाचित वडा सदस्य शंकर खड्काले नेकपा एकीकृत समाजवादी रोजेका छन् । नेपालगञ्जस्थित जिल्ला निर्वाचन कार्यालय पुगेर खड्काले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन् । उनले भने,‘ बाँकेमा  समाजवादी […]