खड्का नेकपा (एस) राेज्ने बाँकेका एक्ला जनप्रतिनिधि

सदरलाइन संवाददाता २० भाद्र २०७८, आईतवार १७:३६
 

नेपालगञ्ज :  बाँकेमा आइतबारसम्म स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि मध्ये एकजनाले मात्र नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । आइतबार कोहलपुर नगरपालिका- ५ मा एमालेबाट निर्वाचित वडा सदस्य शंकर खड्काले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

नेपालगञ्जस्थित जिल्ला निर्वाचन कार्यालय पुगेर खड्काले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन् । उनले भने,‘ बाँकेमा  समाजवादी राेज्ने म नै  पहिलो जनप्रतिनिधि हाे । मंगलबारसम्म समय छ साथीहरु अरु पनि थपिनु हुनेछ।’


नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्तिक समाजवादी पार्टी  गठन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जन प्रतिनिधीहरुलाई दल रोज्नका लागि २२ भदौसम्मको समय दिएको छ । न्युजकारखानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दोस्रो मैत्रीपूर्ण फुटवल २–१ गोल अन्तरले भारतको पोल्टोमा

२० भाद्र २०७८, आईतवार १७:३६
काठमाडौं  : भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल २–१ ले आफ्नो पोल्टोमा पारेको छ । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा हार ब्यहोरेको हो । भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरेका थिए । नेपालका […]