प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, आजै अन्तिम संस्कार गरिने

सदरलाइन संवाददाता २७ असार २०८०, बुधबार १२:०६
 

काठमाण्डौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनिएको छ । ६९ वर्षीया दाहाललाई बिहान ८ बजे कार्डियक अरेस्ट भएको अस्तपालले आफ्नो विज्ञप्तीमा जानकारी दिएको छ ।

सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।


दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने तथा २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आत्महत्या दुरुत्साहन मुद्दामा फरार एक पक्राउ

२७ असार २०८०, बुधबार १२:०६
नेपालगञ्ज : आत्महत्या दुरुत्साहन मुद्दामा फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३४ वर्षीय सद्दन बेहना रहेका छन् । प्रहरीका अनुसार, बाँके जिल्ला अदालतको २०७७ पुष २४ गतेको फैसलाले बेहना माथि आत्महत्या दुरुत्साहन मुद्दामा ९ महिना २४ दिन कैद […]