नेपालगञ्जको न्यूरोडमा नबिल बैंकको शाखा विस्तार

सदरलाइन संवाददाता १८ जेष्ठ २०८०, बिहीबार १४:१६
 

नेपालगञ्ज : नेपालगञ्जको न्यूरोडमा नबिल बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । नबिल बैंकले आफ्नो स्थापनाको ३८ वर्ष पुरा गरेको अवसरमा बिहीबार देशभरी ३८ वटा शाखाको एक साथ उदघाटन गरेको हो ।

त्यसक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक गिरिजाप्रसाद कोइराला र नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नेपालगञ्जमा न्यूरोड शाखाको उदघाटन गरे ।

नविलका अनुसार, नेपालगञ्जमा यो तेस्रो शाखाको उदघाटन भएको हो । हाल देशभरी नबिल बैंकको २५५ वडा शाखा पुगेको छ । नयाँ ३८ वटा शाखामा सबभन्दा बढी शाखा बाग्मती प्रदेशमा १३ वटा, कोशी प्रदेशमा १ वटा, मधेश प्रदेशमा ८ वटा, गण्डकी प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा १० वटा कर्णाली प्रदेशमा १ वटा र सुदूरपश्चिम प्रदेशमा २ वटा नयाँ शाखा सञ्चालनमा आएका छन् ।


कार्यक्रमका प्रमुख अतिथि गिरिजाप्रसाद कोइरालाले नविलले विभिन्न शाखा खोलेर सेवाग्राहीहरुसंग नजिक हँुदैं गइरहेको धारणा व्यक्त गर्दै सेवाग्राहीहरुलाई नीति नियम बारे बुझाएर अलि कारोबार गर्दा झन् बढी प्रभावकारी हुने सुझाव दिए । मेयर विष्टले सेवाग्राहीहरुको अपेक्षा पूरा गर्न बैंकले ध्यान दिनुपर्ने बताए ।

‘नबिल बैंक अब तपाईसंग अझ् नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकै साथ ३८ वटा नँया शाखा बिस्तार गरिएको बैंकले जनाएको छ । नेपालगञ्ज–२ का वडाध्यक्ष मनोज श्रेष्ठले बैंकले ब्याजदरलाई उपयुुक्त बनाउन सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अत्यधिक गर्मीले बाँकेसहित तराईको जनजीवन कष्टकर

१८ जेष्ठ २०८०, बिहीबार १४:१६
नेपालगञ्ज : विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण बाँकेसहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ । पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो । विगत एक सातादेखि दिउँसो ४० डिग्री सेल्सियससम्म तापक्रम बढ्ने गरेकाले बजारमा सर्वसाधारणको […]

सम्बन्धित