लकडाउन कडाई गर्दै बाँके प्रशासन

१८ बैशाख २०७७, बिहीबार १६:०१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणको जोखिमबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनलाई बाँके प्रशासनले अझ कडाई गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउनलाई थप कडाई गर्ने जनाउदै यसअघि बेलुका ४ बजेदेखी अत्यावश्यक सेवा बाहेक सबै बन्द गराएको प्रशासनले शुक्रबारदेिख लकडाउनमा थप कडाई गर्ने भएको हो ।


जिल्ला प्रशासन कार्यालय बाँकेले बिहिबार एक सुचना जारी गर्दै शुक्रबार बिहान १० बजेदेखि सबै पसल ब्यवसाय बन्द गर्न आह्वान गरेको छ ।

जिल्लामा लकडाउन उल्घनका गतिविधिहरु बढ्न थालेको भन्दै प्रशासनले बिहान १० बजेदेखि सबै पसल ब्यवसाय बन्द गर्ने सुचना जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी तथ सूचना अधिकारी दिर्घराज उपाध्यायद्वारा जारी सुचनामा उल्लेख छ । जारी सूचनामा लकडाउन उलङ्घन गर्नेलाई कानुन बमोजिम कारवाही गरीने बताईएको छ ।

Next Post

४७ ग्राम ब्राउन सुगरसहित चारजना पक्राउ

१८ बैशाख २०७७, बिहीबार १६:०१
सदरलाइनडटकम, बर्दिया : लकडाउनमा पास पाएको गाडीमा ४७ ग्राम लागुऔषध ब्राउन सुगरसहित ४ जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको कारोबार तथा ओसारपसार गरिरहेको सुचनाको आधारमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सवारी पास लिएको बा १२ च ६२९९ को नम्बरको अल्टो कारमा ४६ ग्राम ४३० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित […]