भीडभाड नगरी पर्व मनाउन प्रशासनको आग्रह

१६ श्रावण २०७७, शुक्रबार १३:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भीडभाड नहुने गरि आआफ्नो पर्व मनाउन बाँके प्रशासनले आग्रह गरेको छ । इस्लाम धर्मावलम्बीको शनिवार बकराईद र हिन्दु धर्मावलम्बीको सोमवार रक्षा बन्धन अर्थात् जनैपूर्णिमा पर्व रहेको छ ।
सोही पर्वलाई दृष्टिगत गर्दै प्रशासनले सामाजिक दुरीको पालना गरी मनाउन आग्रह गरेको हो । जनैपूर्णिमाका दिन निजी सवारी साधन र रक्षाबन्धनसँग सम्बन्धित पसल सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।
प्रशासनले बकराईदका अवसरमा भीडभाड नगर्न, सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गर्न अनुरोध गरेको छ । शनिवार राति १२ बजेबाट मंगलवार राति १२ बजेसम्मका लागि जारी गरिएको लकडाउनका बेला अत्यावश्यक सेवा सञ्चालन गर्न पाइने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
लकडाउनका समयमा अत्यावश्यक सेवा बाहेक अन्य कुनै पनि सेवा सञ्चालन गर्न नपाइने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायद्वारा जारी सूचनामा भनिएको छ । पुनः जारी गरिएको लकडाउन अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, दुध तथा दुग्धजन्य पदार्थ, फोहोरमैला ब्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने उपाध्यायले बताए ।
त्यसैगरि, एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कुटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालबहाक गाडी र सवारी अनुमती (पास) भएका गाडी मात्र सञ्चालनमा आउने छन् ।
प्रशासनले अत्यावश्यक कामबाहेक कसैलाई पनि बाहिर ननिस्कन भनेको छ । लकडाउनको उल्लंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ ।

Next Post

संक्रमणकालिन न्यायका लागि सञ्जालको बैठक

१६ श्रावण २०७७, शुक्रबार १३:५४
सदरलाइनडटकम/लक्ष्मी तिमिल्सेना, नेपालगञ्ज : संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानका लागि जिल्ला सञ्जाल बाँकेको बैठक नेपालगञ्जमा सम्पन्न भएको छ । बर्तमान अवस्थामा संक्रमणकालिन न्याय र भावी कार्ययोजनाका बिषयमा छलफल गर्न बैठक बसेको हो । विश्वनै कोरोना महामारीबाट आक्रान्त बनेका बेला द्धन्द्धपीडितहरुको आर्थिक सशक्तिकरणका कार्यक्रमहरुलाई कसरी अघाडी बढाउन सकिन्छ र घाइतेहरुलाई […]

सम्बन्धित