बाँके र बर्दियालाई मिसाउन कर्णाली तयार

२७ पुष २०७६, आईतवार १६:५३
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागि दवाव सिर्जना गर्नुपर्ने बताएका छन् । स्वास्थ्य उपचारका लागि आईतवार नेपालगञ्ज आएका शाहीले उद्योगी, व्यवसायीसंगको भेटघाटमा यस्तो बताएका हुन् ।
मुख्यमन्त्री शाहीले बाँके र बर्दिया कर्णालीमै रहनुपर्नेमा त्यहाँ सबै राजनीतिक शक्ति एकजुट रहेको उल्लेख गरे । प्रदेश ५ को नमिल्दो सिमांकनप्रति रुष्ट बाँके र बर्दियामा कर्णाली प्रदेशसंग समायोजन हुनुपर्ने आवाज उठेको छ । यद्यपी यि आवाज विवादमुक्त बन्न सकेको छैन । मधेश केन्द्रित राजनीतिक शक्तिले कर्णालीमा जाने विषयलाई अस्वीकार गर्दै आएका छन् ।
मुख्यमन्त्री शाहीले सबै एकजुट भएर दवाव सिर्जना गर्न सके मात्र शिर्ष राजनीतिक नेतृत्वले यसबारेमा सोच्ने अवस्था आउने बताए । मुख्यमन्त्रीले कर्णाली र बाँके, बर्दियाको सम्बन्ध धेरै पुरानो भएकाले टुट्न नसक्ने बताए ।

Next Post

वाटरपार्क परियोजनाको अस्थायी पुर्जा वितरण

२७ पुष २०७६, आईतवार १६:५३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १ र १८ मा रहेको वाटरपार्क जग्गा एकीकरण परियोजनाअन्तर्गतका जग्गाधनीले आइतवार अस्थायी लालपुर्जा प्राप्त गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर तथा नगर विकास समितिका अध्यक्ष डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर र प्रमुख प्रशसकीय अधिकृत हरी प्याकुरेलले आईतबार अस्थायी पुर्जा वितरणको शुभारम्भ […]

ताजा अपडेट