जमुनाहा नाकामा हालसम्म २४ हजार एन्टिजेन परीक्षण

सदरलाइन संवाददाता १६ भाद्र २०७८, बुधबार १६:४५
 

नेपालगञ्ज : नेपाल–भारतसीमा नाका जमुनाहामा रहेको हेल्थडेस्कले दोस्रो लहरको भाइरस संक्रमण शुरु भएदेखि हालसम्म २४ हजारबढीको एन्टिजेन परीक्षण गरेको छ ।

भारतबाट नेपाल फर्किएका मध्ये शंकास्पद २४ हजार ३ सय ७९ जनाको एन्टिजेन परीक्षण गरिएको जमुनाह हेल्थडेस्कका प्रमुख रामबहादुर शाहीले बताए । चैत महिनादेखि भदौ १६ गतेसम्म परीक्षण गरिएकामध्ये ३ सय ४० जनालाई भाइरस संक्रमण पुष्टि भएको छ ।

दैनिक किनमेलका लागि रुपैडियाँ जाने र आउनेको परीक्षण गर्ने गरिएको छैन् । तर रोजगारीको शिलशिलामा भारत पुगेका र त्यसमा पनि जोखिम क्षेत्रबाट फर्किएका सबै नागरिकको एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।


परीक्षण गरिएकामध्ये दैनिक १ देखि ७ जनासम्ममा कोरोना पोजेटिभ देखिने गरेको शाहीको भनाइ छ । एन्टिजेन परीक्षणसँगै औंलो र टिवि रोगको समेत हेल्थडेस्कमा परीक्षण गर्ने गरिएको छ ।

भारतबाट फर्किने नेपालीमा औंलो र टिविको जोखिम पनि उत्तिकै रहने भएकाले यसको पनि परीक्षण गर्ने गरिएको छ । हेल्थडेस्कमा १४ जना स्वास्थ्यकर्मी छन् । जसमध्ये ३ जना ल्याब टेक्निसियन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब इन्टेक्स ब्राण्डका सामान नेपालमा आधिकारिक रुपमा पाईने

१६ भाद्र २०७८, बुधबार १६:४५
काठमाण्डौ : नेपाली सिने जगतकी चर्चित नायिका करिस्मा मानन्धरले अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल इन्टेक्स ब्राण्डलाई नेपालमा आधिकारिक रुपमा भित्र्याएकी छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा स्थापित गर्न सफल कम्पनीबाट उत्पादित सामानहरु गुणस्तरीय र भरपर्दो रहेकोले सो ब्राण्ड नेपालमा भित्र्याएको जानकारी दिएकी हुन् । रिसिक टेडिङ कन्र्सन […]