हातमा सीप र जाँगर भए स्वदेशमै छ रोजगार

१७ कार्तिक २०७४, शुक्रबार ०९:१२
 

सदरलाइन / सुनिता बर्मा
१७ कात्तिक, नेपालगन्ज : हातमा सिप र काम गर्ने जाँगर भए खाडिको विभिन्न ठाँउ पुगेर हन्टर खाने युवाका लागि स्वदेश मै खाडिमा भन्दा बढी कमाउन सक्ने नेपालगन्जका मधेशी मुस्लिम युवाहरुले उदाहरण देखाएका छन् ।
नेपालगन्जको वीपीचोकमा रहेको चाँद सिरक ईन्टर प्राईजेजमा सिरक, डसना तग्दै आएका बिरगन्ज–३ का मुमताज मियाँले हातमा सिप भएपछि दुख पाउनु नपर्ने बताए । प्रति गोटा सिरक र डसना तगे अनुसार ज्याला लिने उनले सिजनको बेलामा सरदर दैनिक १ हजारसम्म आम्दानी गर्ने गरेको बताए ।
उनले भने–‘सिजनको बेलामा कामको चाप हुन्छ बढी कमाई हुन्छ तर, अफ सिजनमा भने काम थोरै हुने भएकोले अरु काम पनि गर्ने गरेको छु ।’ उनले ग्राहकलाई सन्तुष्ट पार्न सके उनीहरु फेरी फर्केर पनि आउने र आउदा अरु ग्राहक समेत लिएर आउने भएकोले ग्राहकको मन जितेर काम गर्नुपर्ने बताए ।
‘जति राम्रो काम त्यति नै राम्रो व्यापार, ग्राहकलाई काम मन परेपछि एक पटक मात्र नभई पटक–पटक आउँन्छन् त्यसैले राम्रो र छिटो काम गर्न सक्ने सीप भएकोले भोकै मर्नु पर्दैन’–भन्छन चाँद सिरक इन्टरप्राइजेज वीपीचौक नेपालगन्ज मै काम गर्दै आएका सुरेन्द्र हरिजन ।
बाँके डुडुवा गाउपालिका होलियाका सुरेन्द्रले सिरक डसना तगेरै महिनाको १५–२० हजार आम्दानी गर्ने गरेका छन् । उनी भन्छन–‘काम सानो ठूलो भन्दा पनि स्वदेसमै बसेर रोजगारी पाएको छु । घरपरिवार संगै बसेर बिदेसमा जस्तो कमाई यही  गरेपछि  किन बिदेस जानु प¥यो ? मेरो लागि यही नै विदेस जस्तो भएको छ ।’
विरगन्ज–१२ का ईर्शाद अन्सारी सिरक, डसनाका कारिगर हुन । खाना  बस्ने व्यवस्था  सहित  मासिक  १२     हजार तलव पाउने गरी बिगतका केही बर्षदेखि नेपाल सिरक सप्लायर्समा काम गर्दै आएका छन् । ‘मेरो सबै खर्च साहुले व्यहोरेर घरमा १२ हजार पठाउने गरेको छु’–उनले भने ।
माथिका मुमताज, सुरेन्द्र र ईर्शाद त प्रतिनिधि पात्र मात्र हुन । उनीहरु जस्ता धेरै मधेशी मुस्लिम युवाहरु आफ्नो हातमा भएको सिपले स्वदेशमै बसेर राम्रो आम्दानी गर्न सकेको उदाहरण हो । राम्रा र दक्ष जनशक्ति धेरै कमाउने प्रलोभनमा परेर बिदेसिदा जनशक्तिको अभाव हुनेको साथै बिदेशमा पुगेर अनेक झमेला र जोखिममा पर्नु भन्दा स्वदेशमै आर्जन गने कुरामा उनीहरुको विस्वास भएको बताउछन् ।
चाँद सिरक ईन्टरप्राईजेजका सञ्चालक मोहम्मद एस ठकुराई सिरक, डसना र तकियाको उत्पादन गर्नको लागि दक्ष कारिगरको अभाव भएको बताउछन् । ‘राम्रो र छिटो काम गर्ने सीप भएका कारिगर पउन गाह्रो छ । सबै बिदेस जाने भन्छन् तर, यही पनि सिप हुनेले विदेसको भन्दा बढी कमाई गर्न सक्छ भने किन बिदेस गएर दुख्ख पाउनु प¥यो’–उनले भने । उनको पसलमा मात्र ६ जना कारिगरले रोजगारी पाएका छन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य अधिकार उल्लंघन घटना अध्ययनका बारेमा अभिमुखीकरण

१७ कार्तिक २०७४, शुक्रबार ०९:१२
सदरलाइनडटकम  १७ कात्तिक, नेपालगन्ज : नेपालमा स्वास्थ्य अधिकार उल्लंघन घटना अध्ययन सुरु गरिएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) काठमाडौंको सहयोग र स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल, बाँकेको आयोजनामा भएको एक अभिमुुखिकरण कार्यक्रममा सो विषयको जानकारी दिईएको हो । मौलिक हकको रुपमा रहेको स्वास्थ्य अधिकार उलंघनका […]