निषेधज्ञा उलंघन गर्ने बसका चालकलाई एक मैहिना कैद, सय जरिवाना

सदरलाइन संवाददाता ५ जेष्ठ २०७८, बुधबार १८:३७
 


बर्दिया  : बर्दिया प्रहरीे निषेधज्ञा उलंघन गरी सवारी चलाउनेलाई नियन्त्रणमा लिएर कारवाही गर्न सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले दिएको जानकारी अनुसार निषेधाज्ञामा सवारी पास नलिई बस चलाएको अभियोगमा दुई वटा बसका चालकलाई एक महिना कैद र सय रुपैयाँ जरिवाना तोकिएको हो ।

उनले निषेधाज्ञामा सवारी पास नलिई यात्रु ओसारेको अभियोगमा ना ५ ख ६६४८ नं. र भे १ ख २२३६ नंम्बरको बसलाई राजापुर क्षेत्रमा नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्दा प्रमुख जिल्ला अधिकारीले सुनुवाई गर्दै ती दुबै बसका चालद्वयलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार १ महिना कैद र एक सय रुपैयाँ जरिवाना तोकिएको जानकारी दिए ।


कोरोनाको दोस्रो भेरियन्टको संक्रमण बृद्धि भएसंगै बर्दियामा पनि संक्रमणको दर उच्च रहेको छ । बर्दियामा पनि संक्रमणको चेन ब्रेक गर्नको लागि निषेधज्ञा जारी गरिएको छ । निषेधज्ञा अवज्ञा गर्नेलाई प्रमुख जिल्ला अधिकारीले मुद्दा सुनुवाई गर्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा चारजनाको ज्यान गयो

५ जेष्ठ २०७८, बुधबार १८:३७
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप चारजनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप चारजनाको मृत्यु भएको अस्पतालले जनाएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा […]

ताजा अपडेट