बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

सदरलाइन संवाददाता ९ पुष २०७७, बिहीबार ०९:०२
 

धनगढी : धनगढीबाट बझाङका लागि छुटेको जीप बैतडीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बिहीवार बिहान करिव ५ बजे से १ ज ८४३ नम्बरको बलेरो जीप जिल्लाको सुर्नया गाउँपालीका–७ आलुगैरामा दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले दुर्घटनामा चालक बझाङको बुङ्गल नगरपालिका ११ बस्ने २७ वर्षीय धन बहादुर बोहराको मृत्यु भएको बताएको छ ।


दुर्घटनामा परि ३ जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको पुर्चौडी नगरपालिका ४ का ३५ वर्षीय जनकराज भट्ट, ४० वर्षीय गंगादत्त भट्ट र बझाङको चिरबित्थडका २७ वर्षीय हरिश बोहरा रहेका छन् । घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Next Post

कोरोनाबाट बर्दियाकी एक महिलाको मृत्यु

९ पुष २०७७, बिहीबार ०९:०२
नेपालगञ्ज : कोरोना संक्रमित एक महिलाको बाँकेमा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका अनुसार बर्दिया गुलरिया नगरपालिका वडा नं. ८ लक्ष्मणटोलकी ५८ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बिहीवार दिउँसो १२ बजेर ५० मिनेटमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि पुष ६ गते अस्पतालमा भर्ना गरिएको […]