प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता

सदरलाइन संवाददाता ३ श्रावण २०८०, बुधबार १३:०३
 

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जबीच प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सहनिर्देशक डा. रोमन किदवाईले नेपालगञ्ज मेडिकल कलेज र कोहलपुरस्थित शिक्षण अस्पतालमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालले सिफारिस गरेका बहालवाला र पूर्व प्रहरीको उपचारमा १० देखि २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको बताए ।

उनले लुम्बिनी प्रदेश प्रहरी अस्पतालबाट सिफारिस भएका प्रहरी, पूर्व प्रहरी र प्रहरीका परिवारलाई उपचारमा २५ प्रतिशतसम्म छुट दिने गरी दुबै संस्थाबीच सम्झौता भएको जानकारी दिए । सो सम्झौतामा अस्पतालको तर्फबाट लर्डबुद्ध एजुकेशनल एकेडेमी नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया र लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिनकुमार श्रेष्ठले हस्ताक्षर गरेर पत्र आदानप्रदान गरे ।


प्रहरी अस्पतालले सिफारिस गरी पठाएका बिरामीको उपचारमा विभिन्न प्रकारका सेवा सुविधा लिँदा १० देखि १५ प्रतिशत छुट पाउने एक वर्षे सम्झौता गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले जनाएको छ । सम्झौता अनुसार बहालवाला प्रहरी कर्मचारीलाई साधारण प्याथोलोजी, रेडियोलोजी जाँचहरु र साधारण बेड चार्जमा लाग्ने दस्तुरमा २५ प्रतिशत छुट प्रदान गरिने, आईसियु, एसी बेड चार्ज, अप्रेशन, एमआरआई सिटि स्क्यान र ल्याबको स्पेशल टेस्टहरुको दस्तुरमा १५ प्रतिशत छुट दिइने छ ।

लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. श्रेष्ठले सोही प्रकारले प्रहरी परिवारका सदस्य बिरामी भएर प्रहरी अस्पतालबाट सिफारिस भएर आएमा उपचारमा १० प्रतिशत छुट दिने सम्झौता भएको बताए । उनले यो सम्झौताबाट धेरै जना प्रहरी, पूर्व प्रहरी र परिवारको स्वास्थ्य उपचारमा सहयोग पुग्ने बताए । उक्त सम्झौता साउन १ गतेदेखि लागू हुने र हालका लागि एक वर्षसम्मका लागि मात्रै गरिएको नेपालगञ्ज मेडिकल कलेजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सवारी साधनको कारबाहीबाट २ करोड बढि राजस्व संकलन

३ श्रावण २०८०, बुधबार १३:०३
नेपालगञ्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक बर्ष २०७९/०८० को असार मसान्तसम्ममा ४३ हजार ८ सय ३८ वटा सवारी साधनलाई कारबाही गरि २ करोड बढि राजस्व संकलन गरेको छ । गत आर्थिक बर्षमा सवारी साधनलाई कारबाहीबाट मात्र २ करोड ६१ लाख ९७ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी […]