अब इन्टेक्स ब्राण्डका सामान नेपालमा आधिकारिक रुपमा पाईने

सदरलाइन संवाददाता १६ भाद्र २०७८, बुधबार २०:१८
 


काठमाण्डौ : नेपाली सिने जगतकी चर्चित नायिका करिस्मा मानन्धरले अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल इन्टेक्स ब्राण्डलाई नेपालमा आधिकारिक रुपमा भित्र्याएकी छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा स्थापित गर्न सफल कम्पनीबाट उत्पादित सामानहरु गुणस्तरीय र भरपर्दो रहेकोले सो ब्राण्ड नेपालमा भित्र्याएको जानकारी दिएकी हुन् ।

रिसिक टेडिङ कन्र्सन प्रालि नेपालका लागि आधिकारिक बिक्रेताका रुपमा इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामान नेपाली बजारमा भित्रीएको हो । सो कम्पनीले हरेक परिवारका लागि आवश्यक पर्ने इलोक्ट्रोनिक्सका सामानहरु उत्पादन गदै बिश्व बजारमा उपलब्ध गराउदै आएको विज्ञप्तिमा उल्लेख छ ।

रिसिक टेडिङ कन्र्सनकी म्यानेजिड डाइरेक्टर समेत रहेकी अभिनेत्री मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलोक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले ब्राण्ड नै रोज्नेमा आफु बिश्वस्त रहेको उनले बताएकी छन् ।


२५ बर्ष अघिबाट यस ब्राण्डका सामानहरु बिश्व बजारमा आए पनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलो पटक नेपाल भित्रिएको र ८ बर्ष अघि यस कम्पनीले उत्पादन गरेको मोवाइल नेपाल भित्रिएको र सन २०१५ मा नेपाल र भारतमा नम्वर एक ब्राण्डको रुपमा स्थापित भएको विज्ञप्तिमा जनाईएको छ ।

इन्टेक्स ब्राण्डका सामानको एक बर्ष देखि १० बर्ष सम्म वारेन्टी रहेको जानकारी दिंदै क्वालिटी र गुणस्तरमा प्रश्न उठाउने ठाउं नरहेको इन्टेक्स ब्राण्डका अन्तराष्ट्रिय ब्यापार प्रमुख बिश्वास अग्रवालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला समीक्षा बैठक बाँकेका जनप्रतिनिधिको प्राथामिकता बाहिर

१६ भाद्र २०७८, बुधबार २०:१८
नेपालगञ्ज : बाँके जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले जिल्लाको बार्षिक समिक्षा बैठकमा सम्बन्धित सरोकारवालाहरुको न्युन उपस्थिति खेदजनक रहेको बताएका छन् । जिल्ला समन्वय समिति बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको बार्षिक समिक्षा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘समिक्षाको अख्तियारी केन्द्रले नै पठाउछ । यसमा सबै स्थानीय तहका प्रमुख […]