कला चिनाउने अभियानमा सुदूरपश्चिम देश दौडाहमा

१५ चैत्र २०७४, बिहीबार १९:०१
 

सदरलाइनडटकम
१५ चैत, नेपालगन्ज  :  सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले ‘साहित्यिक–साँस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियान’ सुरु गरेको छ । सो टोलीले बिहिवार नेपालगन्जमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आफुहरुले अभियान सुरु गर्नुको औचित्य र उद्देश्य बारे जानकारी गरायो ।
समाजका अध्यक्ष एवं मदन पुरस्कार बिजेता कथाकार रामलाल जोशीका अनुसार, अभियान कैलालीबाट शुरु भई चितवन, पोखरा, जनकपुर हुँदै पूर्व र भारतको दार्जिलिङ्गसम्म पुग्ने योजना छ ।
बैशाख १ गते फेरी कैलालीमै गई समापन गरिने छ । अभियान अन्र्तगत ४५ जना कलाकारहरु रहेका छन् । बिहिवार कैलालीमा प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भटट्ले अभियानको उद्दघाटन गर्दै सुरु गरेका थिए ।
सोही टोली सांझ नेपालगन्ज आएर आफ्नो प्रस्तुती दिएको छ । सो टोलीले सुदूरपश्चिमको देउडा, छुलिया, गौरा, भुवा, होली, संघीय जस्ता नृत्य प्रस्तुत गरेका थिए । टोलीमा थारु समुदायको उल्लेखिय सहभागिता रहेको कलाकार एवं गायक यज्ञराज उपाध्यायले बताए ।
‘आर्थिक रुपमा गरिब र भौगोलिकरुपमा बिकट भएपनि हामी संस्कृतिमा धनी छौं भन्ने सन्देश दिन देश दर्शनमा जुटेका हौं’ उपाध्यायले भने–‘अभियानले संस्कृतिका माध्यमबाट समाजलाई जोड्ने काम गर्छ भन्ने बिश्वास लिएका छौं ।’   


Next Post

जिल्ला जनस्वास्थ्य बाँकेको आयोजनामा गंगापुरमा स्वास्थ्य शिविर सम्पन्न

१५ चैत्र २०७४, बिहीबार १९:०१
सदरलाइनडटकम  १५ चैत, नेपालगन्ज : जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले ‘सेवाको पहुँच बाहिरको समुदायमा एकीकृत जनस्वास्थ्य अभियान तथा निःशुल्क स्वास्थ्य शिविर’ नरैनापुर गाउँपालिकाको वडा नं. ६ गंगापुरमा सम्पन्न गरेको छ । गंगापुरको स्वास्थ्य केन्द्रमा आयोजना गरिएको सो शिविरबाट विभिन्न रोगका ६ सय ७५ जना सेवाग्राहीले स्वास्थ्य उपचार पाएको जिल्ला जनस्वास्थ्य कार्यालय […]

सम्बन्धित

error: Content is protected !!