बाँकेमा शनिवार २८ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ५ भाद्र २०७८, शनिबार १६:४४
 

नेपालगञ्ज : बाँकेमा शनिवार थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १०५ नमुना परिक्षण गर्दा २८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ६, मेडिकल कलेज कोहलपुरमा २० र बागेश्वरी प्रयोगशालामा २ जना गरि थप २८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।


शनिवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका १५ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ९४ पुगेको छ । यस्तै शनिवार २२ जना डिस्चार्ज भएका छ्न । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ३६ पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १७५ रहेको ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका चार पालिकाका अभियन्तालाई मानवबेचविखन रोकथाम र बालसंरक्षण तालिम

५ भाद्र २०७८, शनिबार १६:४४
नेपालगञ्ज : प्लान नेपालको सहयोगमा बाँके युनस्को क्लवद्वारा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजनामा छनोट गरिएका युवा अभियन्ताका लागि ‘अभियन्ताहरुको टीम विकास र विपदको अवस्थामा बाल संरक्षण’ विषयक तीन दिने तालिम सञ्चालन गरेको छ । रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत मानवबेचविखन विरुद्धको अभियान रोकथाम नै […]