कोरोना बढ्न थालेपछि जमुनाहा नाकामा उच्च सतर्कता

सदरलाइन संवाददाता १८ श्रावण २०७९, बुधबार १३:५६
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमित संख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहा नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारीरुपमा कोरोना परीक्षण गर्ने गरिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार भारतमा दिनहुँ ठुलो सङ्ख्यामा कोरोना फैलिएकाले नेपालगञ्जमा सहजै भित्रिन सक्ने भएकाले भारतबाट भित्रिने नागरिकको जमुनाहा नाकामा स्वास्थ्य जाँच गर्ने गरिएको छ ।


जमुनाहा नाकामा अहिले सीमावर्ती भारतीय शहर रुपईडिहामा किनमेलका लागि जाने नेपाली उपभोक्ता र भारतबाट घर फर्किने नेपालीको भीड लाग्ने गरेको छ । दैनिकरूपमा नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजारमा पुग्दा कोभिडको जोखिम फेरि बढ्न सक्ने उनले बताए । भारतबाट दिनहुँ भित्रिनेको सीमा नाका जमुनाहामा प्रभावकारीरूपले स्वास्थ्य जाँच गराएर मात्र घर फर्किने व्यवस्था गरिएको छ ।

जमुनाहा नाका हुँदै भारतबाट आउने नेपाली मजदुरलाई स्वास्थ्य जाँच गराएर मात्र भित्रिन दिइएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक माधव रिजालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाजुराबाट दुई गर्भवतीको उद्धार

१८ श्रावण २०७९, बुधबार १३:५६
बाजुरा : सुदूरपश्चिम प्रदेशको विकट जिल्ला बाजुराका दुई जना गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बुढीनन्दा नगरपालिका–२ की मनु रेग्मी पाध्याय र जगन्नाथ गाउँपालिका–२ की जेनी राई नाथको एकैदिन उद्धार गरिएको हो । ब्यथाले च्यापेका उनीहरु केही दिनदेखि सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । मनुको कोल्टी […]