सल्यानमा जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

सदरलाइन संवाददाता ७ कार्तिक २०७८, आईतवार १५:४१
 

सल्यान : सल्यानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बागचौर नगरपालिकाका १८ वर्षीय आशीष बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार विहान सल्यानको बागचौरबाट दाङतर्फ गइरहेको भे १ च १८९० नम्बरको जीप कपुरकोट–३ स्थित मुलपानी वनस्पति उद्यान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए ।

दुर्घटनामा घाइतेहरुको उपचार प्रादेशिक अस्पताल तुल्सिपुरमा भइरहेको छ । घाइतेमध्ये २८ वर्षीया बविता रावललाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

गाडी सडकबाट १०० मिटर तल खोल्सामा खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

योजनाका काम छिटो सक्न मेयर राणाको निर्देशन

७ कार्तिक २०७८, आईतवार १५:४१
नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले चालु आर्थिक वर्ष २०७८/०७९ का योजनाको काम छिटो भन्दा छिटो पुरा गर्न मातहतका प्राविधिक तथा कर्मचारीलाई निर्देशन दिएका छन् । आईतबार उप–महानगरपालिका अन्तर्गतका विषयगत शाखा प्रमुखहरुको संयुक्त बैठकमा नगर प्रमुख राणा र उपप्रमुख उमा थापा मगरले सम्पूर्ण आयोजनाहरुको काम छिटो भन्दा […]