कोरोनाविरुद्ध फाइजरको खोप प्रयोग गर्न ईयूको सिफारिस

सदरलाइन संवाददाता ८ पुष २०७७, बुधबार ०८:३८
 

काठमाण्डौ : युरोपेली सङ्घ (ईयू) को औषधिसम्बन्धी नियामक निकायले आफू मातहतका २७ देशमा फाइजर–बायोएनटेकले बनाएको कोभिड–१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ ।

‘युरोपियन मेडिसिन्स एजेन्सी’ (ईएमए)ले संयुक्त राज्य अमेरिका र बेलायतमा प्रयोगमा आइसकेको फाइजर–बायोएनटेकले बनाएको खोप ईयूका ४४ करोड ६० लाख मानिसमा प्रयोग गर्न सशर्त सिफारिस गरेको केही घण्टाभित्र नै युरोपेली आयोगले त्यसलाई औपचारिक रूपमा अनुमोदन गरेको हो ।

धेरैका लागि पीडा र कठिनाइ निम्त्याएको कोरोनाभाइरस महामारीविरुद्धको लडाइँमा खोपको प्रयोग आवश्यक भएको र यसका लागि फाइजर–बायोएनटेकद्वारा निर्मित खोपलाई प्रयोग गर्न सिफारिस गरिएको ईएमएकी कार्यकारी निर्देशक इमा कुकले बताउनुभएको छ ।


खोपको प्रयोगका लागि स्वीकृति पाएसँगै ईयूका केही सदस्य देशहअरुमा अर्को आइतबारदेखि फाइजर–बायोएनटेकले बनाएको खोप वितरण गर्ने तयारी भैरहेको छ ।

ईयूका सदस्य राष्ट्रहरूमा अहिलेसम्म तीन लाख ११ हजार कोरोना संक्रमितको ज्यान गइसकेको छ ।

Next Post

संसदीय दलको नेता बन्दै ‘प्रचण्ड’

८ पुष २०७७, बुधबार ०८:३८
काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले बुधवार संसदीय दलको बैठक बोलाएको छ । मंगलवार केन्द्रीय कमिटिको बैठकमार्फत केपी ओलीलाई हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको प्रचण्ड–नेपाल पक्षले बुधवार संसदीय दलको बैठक डाकेको हो । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले […]