लुम्बिनी प्रदेशमा २९ सिटसहित एमाले सबैभन्दा ठूलो दल

सदरलाइन संवाददाता २१ मंसिर २०७९, बुधबार १३:३८
 

नेपालगञ्ज : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको पनि नतिजा आएको छ ।

लुम्बिनी प्रदेशमा एमाले सबैभन्दा ठूलो पार्टी भएको छ । प्रत्यक्षतर्फ १८ सिट जित हात पारेको एमालेले समानुपातिकतर्फ ११ सिट प्राप्त गरेको छ ।

त्यस्तै प्रत्यक्षतर्फ १७ सिट प्राप्त गरेको कांग्रेसले समानुपातिकमा १० सिट प्राप्त गरेको छ । दुवै प्रणालीमा गरी एमालेले २९ सिट प्राप्त गर्दा कांग्रेसले २७ सिट प्राप्त गरेको छ ।

त्यस्तै प्रत्यक्षतर्फ ५ सिट प्राप्त गरेको माओवादी केन्द्रले समानुपातिकमा ४ सिट प्राप्त गरेको छ । त्यस्तै प्रत्यक्षतर्फ २/२ सिट जितेका राप्रपा र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ पनि २/२ सिट प्राप्त गरेका छन् ।

त्यस्तै प्रत्यक्षतर्फ २/२ सिट जित हात पारेका जसपा र लोसपाले भने समानुपातिकतर्फ भने १/१ सिट मात्र पाएका छन् ।


त्यस्तै प्रत्यक्षतर्फ १ सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ २ सिट प्राप्त गरेको छ । प्रत्यक्षतर्फ नतिजाविहीन रहेका नेकपा एस र राष्ट्रिय जनमोर्चाले पनि समानुपातिकतर्फ १÷१ सिट प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद निर्वाचित हुन्छन् । लुम्बिनीमा सरकार बनाउन ४४ सिट आवश्यक पर्छ ।

यदि अहिलेकै सत्तारुढ गठबन्धन कायम हुने हो भने लुम्बिनीमा कांग्रेसको २७, माओवादीको ९, नेकपा एस र जनमोर्चाको १/१ गरी ३८ हुन्छ । सरकार बनाउन सत्तारुढ गठबन्धनलाई ६ सिट अपुग हुन्छ ।

समानुपातिक प्रणालीमा थ्रेसहोल्ड कटाउनका लागि प्रतिनिधिसभामा कुल सदर मतको ३ प्रतिशत र प्रदेशसभामा १.५ प्रतिशत प्राप्त गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजधानी स्थानान्तरण : स्वागतका लागि तातियो दाङ

२१ मंसिर २०७९, बुधबार १३:३८
दाङ : लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यकामा मन्त्रालयहरु स्थानान्तरण हुन सुरु गरेसँगै दाङमा उत्साह छाएको छ । अस्थायी राजधानी बुटवलबाट मुख्यमन्त्री कार्यालय र सचिवालयका सामाग्रीहरु दाङ सारिएसँगै जिल्लामा उत्साह छाएको हो । राजधानी कार्यन्वयनका लागि मुख्यमन्त्रीले थालेको पहल कदमीको प्रशंसा गर्दै बधाईसमेत दिन थालिएको छ, भने राजधानी क्षेत्रमा […]