ब्राउन सुगरसहित बर्दियामा एकजना पक्राउ

सदरलाइन संवाददाता ७ भाद्र २०७८, सोमबार १५:५७
 

नेपालगञ्ज : बर्दियाको गुलरियाबाट लागुऔषध ब्राउन सुगरसहित सोमवार एकजना पक्राउ परेका छन् । गुलरिया नगरपालिका–२ खैरापुरका ३५ वर्षीय अकलेस यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा नेपालगञ्जबाट गएको लागुऔषध ब्यूरोका प्रहरी नायब निरीक्षक प्रेम बहादुर अधिकारी र बर्दिया प्रहरीको संयुक्त टोलीले गुलरिया सहिद पार्क नजिकैबाट बा ८५ प ९८२८ नम्वरको मोटरसाइकलसहित यादवलाई पक्राउ गरेको छ ।


शंकास्पद देखिएपछि चेकजाँच गर्दा यादवको हाफ पाइन्टको दाहिने गोजीमा २७ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब जावा मोटरसाइकल नेपालगञ्ज मै

७ भाद्र २०७८, सोमबार १५:५७
नेपालगञ्ज : जावा ब्राण्डका मोटरसाइकलका पारखीका लागि खुशीको खबर छ । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा.लिले नेपालगञ्जको भुजाई गाउँचोकमा जावा मोटरसाइकलको विशिष्ट शोरूम सञ्चालनमा ल्याएको छ । अग्नि मोटोइंकले नेपालगञ्जमा जावाप्रेमीहरूको लागि आफ्नो लोकप्रिय मोडेलहरूमा सुलभ पहुँच प्रदान गर्दै ‘जावा लाइफ’ […]