Sadarline
२०८३ असोज २७ , मंगलबार

जिल्ला समन्वय समिति बाँकेद्वारा बाँके खासकुस्माका ५५ जना जेष्ठ नागरिक सम्मानित(फोटो सहित)



सदरलाइनडटकम
२४ असार, नेपालगन्ज : जिल्ला समन्वय समिति बाँकेले जिल्लाका सुदूर पूर्वका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । बाँकेको तत्कालिन खासकुस्मा गाविस तथा हाल राप्तीसोनारी गाउपालिका–१ का ८५ वर्ष पुरा गरेका जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
बाँके निर्वाचन क्षेत्र नं. १ का सांसद देवराज भारले राप्ती सोनारी–१ को वडा कार्यालयमा आयोजित कार्यक्रममा जेष्ठ नागरिकलाई दोसल्ला ओढाई छाता, लाईट र हर्लिक्स बितरण गरेका थिए ।
राप्ती सोनारी गाउपालिका वडा नं. १ का वडा सदस्य रुद्रमणी ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ५५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
तत्कालिन जिल्ला विकास समिति बाँकेले लक्षित वर्ग समूह कोष अन्तरगत बाँकेका तीन गाविसलाई छनौट गरी ती गाविसमा रहेका ८५ वर्ष पुरा गरेका जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत बाँकेका सितापुर, नरैनापुर र खासकुस्मा गाविस छनौटमा परेको जिल्ला समन्वय समिति बाँकेका सामाजिक विकास अधिकृत मिनबहादुर मल्लले जानकारी दिए ।
उनले जेष्ठ नागरिकलाई राज्यले सामाजिक सुरक्षा भत्ता दिएको भएपनि जिल्ला समन्वय समिति बाँकेले पनि आफ्नो लक्षित वर्ग समुह कोषबाट जेष्ठ नागरिकको सम्मान गर्ने परिपाटी स्थानीय स्तरबाट सुरुवात गरेको दावी गरे ।
उनले प्रत्यक जेष्ठ नागरिकलाई एक किलो हरलिक्स, एउटा टर्च, छाता एउटा, दोसल्ला एक र आउन जानको लागि यातायात बापत रु ५ सय उपलब्ध गराईएको जानकारी दिए ।z    

प्रकाशित मिति : २०७४ असार २४ गते शनिबार
ताजा समाचार